अस्ट्रेलियामा 'गलबन्दी नाइट' सांगीतिक कार्यक्रम हुने भएको छ।
यही जनवरी २३ मा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो।
कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीसँगै गायक तथा संगीतकार सुवास खत्री र गायक तथा अभिनेता आमेश भण्डारीको प्रस्तुति रहनेछ।
सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत 'शिरमा शिरबन्दी' बाट चर्चामा छन्।
यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा हुन लागेको हो। साँझ ६ बजेपछि कार्यक्रम सुरू हुने आयोजकले जनाएको छ।
नेपाली मौलिक गीत-संगीत र सांस्कृतिक मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।