लोकदोहोरी गायिका सुनिता दुलाल आमा बन्दैछिन्। उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
सोमबार सामाजिक सञ्जालमा बेबी बम्पसहितका केही तस्बिर साझा गर्दै उनले आफू आमा बन्ने यात्रामा रहेको बताएकी छन्।
तस्बिरसँगै उनले लेखेकी छन्- 'मेरो जीवनको सबभन्दा सुन्दर अध्याय- 'आमा' बन्ने यात्राका यी अमूल्य पलहरू।'
यसअघि पनि उनले तीजको गीतमा श्रीमान राजेश केसीसँग नाचेको भिडिओ टिकटकमार्फत सार्वजनिक गरेकी थिइन्।
सुनिता र राजेश केसीले गत वर्ष मंसिरमा विवाह गरेका थिए।