गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल'को आठौं सिजन प्रसारणका लागि तयार छ। निर्माण टिमले नयाँ सिजन असोज २३ गतेदेखि प्रसारण हुने जानकारी दिएको हो।
असोज २३ गतेदेखि हरेक साताको शुक्रबार र शनिबार शो प्रसारण हुनेछ।
सिजन ८ मा कोचको कुर्सीमा प्रमोद खरेल, मिलन नेवार, नरेन लिम्बु र एकदेव लिम्बु देखिनेछन्।
प्रमोद खरेलले अघिल्लो सिजनबाट निरन्तरता पाएका हुन् भने नरेन लिम्बु र एकदेव लिम्बु नयाँ कोचका रूपमा जोडिएका छन्। मिलन नेवार भने यसअघि शोमा कोच बनिसकेकी छन्।
यसअघि सिजन ७ मा प्रमोद खरेल, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोचका रूपमा रहेका थिए।
नयाँ सिजनमा प्रमोदको मात्रै निरन्तरता भएको हो।