चर्चित र्यापर भ्योमाले दसैंको पूर्वसन्ध्यामा काठमाडौंको जडिबुटीमा लाइभ प्रस्तुति दिने भएका छन्। जडीबुटीस्थित क्लब १८ मा भ्योमाको विशेष सांगीतिक प्रस्तुति हुने भएको हो।
असोज १६ गते (अक्टोबर २) 'भ्योमा लाइभ' आयोजना हुन लागेको हो।
क्लब १८ को आयोजनामा हुने कार्यक्रम राति ८ बजेदेखि सुरू हुनेछ। कार्यक्रममा भ्योमाले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्। उनले ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ‘गोरी’, ‘मायाले मात्य म’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायत गीत प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ। भ्योमाको प्रस्तुतिसँगै कार्यक्रममा डिजेको प्रस्तुति पनि रहनेछ।
दसैंको माहोल सुरू भइसकेको समयमा युवापुस्तालाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले बताए।
दसैंअघि साथीभाइ तथा परिवारसँग भेटघाट गर्दै संगीत र मनोरञ्जनमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ।
'दसैं भनेकै भेटघाट, रमाइलो र खुसी साटासाट गर्ने समय हो। यही माहोललाई अझ विशेष बनाउन क्लब १८ मा भ्योमाको लाइभ कार्यक्रम गर्न लागेका हौं,' श्रेष्ठले भने, 'भ्योमाका गीत अहिले युवापुस्तामाझ लोकप्रिय छन्। उहाँको प्रत्यक्ष प्रस्तुति र क्लबको वातावरणले दर्शकलाई दसैंको पूर्वसन्ध्यामा छुट्टै रमाइलो अनुभूति दिनेछ भन्ने विश्वास छ।'
कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि टेबल रिजर्भेसनको व्यवस्था गरिएको आयोजकले जनाएको छ।