Ncell
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

सरी

Nmb
Nmb
तुल्सी दर्शन

तुल्सी दर्शन

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘सरी’अंग्रेजी शब्द हो। जो नेपाली जनजिब्रोमा थेगोजस्तै भएर बसेको छ। यो आयातीत शब्द हो तर नेपाली जिब्रोमा प्रिय भएर बसेको छ। त्यो पनि स्थायी भएर। कोट, गिलास, प्लेट, बोतलजस्तै ‘सरी’ शब्दले हामीकहाँ अपनत्व पाइसक्यो।

हाम्रो देशमा कसले यो शब्दको पहिलो प्रचलन गर्यो भनेर यकिन गर्न सकिँदैन। नेपाली अर्थ माफ गर्नुहोला भन्दा लामो हुने र प्रभावकारी नहुनाले होला सरी आफैंमा निर्विकल्प भएर प्रयोग भैरहेको छ।

‘सरी’को ठाउँमा पार्डन,एक्स्क्युजमी,प्लिज,अपोलाइजजस्ता थुप्रै शब्द पनि छन्। तर ‘सरी’लाई विस्थापित गरेर अरू शब्द अगाडि आउने हिम्मत गदैनन्।

नेपालीमा दुई अक्षर र अंग्रेजीमा पाँच अक्षरले बनेको ‘सरी’शब्दको ताकत यति छ कि यसको प्रभाव नपरेको संसारको कुनै भूगोल छैन।

तोते बोल्ने बच्चादेखि किशोर, किशोरी, युवा, प्रौढ, वृद्ध, सबै उमेर समूहले गर्वका साथ‘सरी’शब्दको प्रयोग गर्छन्।

स्कुल जीवनमा प्रिन्सिपल सामु पुगेको साथीसाथीको झगडामा ‘सरी’ नभन्दा मुर्गा बन्नु परेको घटनाका साक्षी हामी आफैं हो।

कतिपय अल्लारे केटाकेटीले ‘सरी’नभन्दिनाले ग्याङ्ग फाइट सुरू गर्छन्। नेतादेखि कार्यकर्ता, मन्त्रीदेखि जनतासम्म ‘सरी’ मै इन्जोए गर्छन्। सामान्य साक्षरदेखि पिएचडी होल्डरसम्मले आफू अनुकूल‘सरी’कै प्रयोग गर्छन्।

Laxmi bank
Laxmi bank

‘सरी’शब्दको एउटै अर्थ भए पनि यसको प्रयोग प्रसंग या अवस्था हेरी फरक-फरक अवस्थामा भैरहेको पाइन्छ। बिजनेस् डिल गर्दा घण्टौं लगाएर गरिएको मिहिनेत क्लाइन्ट ‘सरी’भन्ने एक शब्दबाट तर्किन्छ। अपरेसन थिएटरमा मृत्युसँग लडिरहको बिरामीलाई बचाउन नसक्दा बाहिर आकुलब्याकुल आफन्तलाई सर्जिकल मास्क खोलेर डाक्टरले भन्छ ,‘सरी’। घुँडा टेकेर प्रेम प्रस्ताव राख्ने युवकलाई मुख बङ्गयाउँदै युवतीले ‘सरी’भनेर अस्वीकार गर्छे। पछि नफर्किएर कुलेलाम ठोक्छे।

एयरपोर्टमा‘सरी’भनेर टिकट माग्छन् प्यासेन्जर। जहाज उक्लिएर हस्याङ्गफस्याङ्ग गर्दै युवक भन्छ : ‘सरी’त्यो झ्यालको सिट मेरो हो। जहाजमा उड्दै गर्दा राम्री एयरहोस्टेस हाम्रो नजिकै आएर भन्छिन्- ‘सरी’ के लिनुहुन्छ ? तातो, चिसो , भेज ननभेज ? प्यासेन्जर फिस्स हाँसेर भन्छ , ‘सरी’नो थ्याक्स्।

Ncell
Ncell

मुद्दा हारेका क्लाइन्टतर्फ हेरेर वकिल साप मलिन आवाजमा‘सरी’ भन्छन्। बैंकले ताकेता गरेपछि उद्योगपतिले कारोबार छैन भन्दै अहिले किस्ता र ब्याज केहीदिन सक्दिनँ‘सरी’ भन्छ।

विदेशबाट सन्तानले भन्छन् डलरको भाउ घट्यो। यो महिना पैसा पठाउन सकिनँ,‘सरी’। अनि बुवाले आफ्ना साहूलाई ‘सरी’भन्ने अवस्थामा पुग्छन्।

हलिउड, बलिउड, कलिउडजस्ता फिल्म इण्डस्ट्रिज अधुरा अपूरा हुने थिए होलान् ‘सरी’शब्द नभएको भए। सुटिङ गर्दा होस् या स्क्रिप्ट बोल्दा होस् या डाइरेक्टरले कट् कट् कट् भन्दा होस् कलाकारको मुखबाट फुत्तै खस्छ ‘सरी’।

कवितामा,कथामा उपन्यासमा ,थिएटरमा, लाइभ शोमा, सडक नाटकमा जताततै ‘सरी’ले डेरा जमाएको जमै छ। कलाकारका गीतमा, चलचित्र संवादमा‘सरी’ झुण्डिन्छ तुर्लुङ।  खुसी साट्दा या पीडा पोख्दा। अचम्म मान्दा या दिक्क लाग्दा। कन्फ्युजनमा या दवाब दिनुपर्दा या कसैलाई ध्यानाकर्षण गराउनकै लागि‘सरी’ शब्द हतारिँदै आउँछ।

एटिएम छिराउँदा पिन नम्बर मिलेन भने ‘सरी’ भन्छ। कार्ड एक्स्पायर भयो भनेर ‘सरी’, पर्याप्त ब्यालेन्स भएन भनेर ‘सरी’।

रेडियोमा‘सरी’भनेको बारम्बार सुनिन्छ। टिभीमा ‘सरी’ प्रकट गरेको देख्न सकिन्छ। पत्रपत्रिका‘सरी’ नपढी सुखै छैन। यताउता जताततै यसैको सिलसिला देख्दा यस्तो लाग्छ ‘सरी’शब्द हिमशिखर पग्लिएर निरन्तर बग्ने हिमनदी हो।

‘सरी’शब्दको अत्यधिक प्रयोगमा ल्याउने चिज गोजीको मोबाइल फोन पनि एक हो। मोबाइल थिच्यो कि हरेक पल‘सरी’ सुनिन्छ। 

फोन बिजी हुँदा नि‘सरी’, मोबाइल स्वीच अफ हुँदा नि‘सरी’, ब्यालेन्स कम हुँदा‘सरी’मोबाइल,डाटा प्याकेज सकिँदा‘सरी’,नेटवर्क नभेटिँदा सरी नै भन्छ। ‘सरी’ सुनिइरहन्छ। एनसेलको ‘सरी’ टेलिकमको ‘सरी’ युटिएलको ‘सरी’। विदेशमा विदेशी नेटवर्कको ‘सरी’ स्वदेशमा आफ्नै ‘सरी’। 

महिलाको आवाजको ‘सरी’ पुरूषको आवाजको ‘सरी’। कहिले सुमधुर आवाजको ‘सरी’। कहिले कर्कस आवाजमा‘सरी’। उच्चारण गरिने बेलाको भावअनुसार पनि‘सरी’को अर्थ फरक हुनसक्छ। झनक्क झर्किएर ‘सरी’, फनक्क फर्किएर ‘सरी’। हाच्छ्यूँ गर्दा सरी। खोक्दा सरी। बाडुली लाग्दा सरी। ढ्याउ काड्दा ‘सरी’। वायु विसर्जन गर्दा ‘सरी। ‘सरी’आएको आयै हुन्छ। एकपटक होइन घरिघरी।

यस्तो लाग्छ‘सरी’को ताकत अपरम्पार छ। ‘सरी’ शब्दमा शोधपत्र बन्न सक्छ। ‘सरी’को समकक्षी शब्दको बारेमा बहस हुनसक्छ। किनकी ‘सरी’ले आफ्नो अधिपत्य अविच्छिन्न कायम गरिरहेको छ।

ठूलाठूला विवाद‘सरी’भनेर टुंगिएका धेरै उदाहरण छन्। मरिकाटे ‘सरी’भन्दिनँ भनेर अड्डी कस्नेहरू पनि समाजमा छन्। ‘सरी’ले ठूलो क्षति टरेको पनि इतिहास छ।

‘सरी’ले कैयौं जटिलता फुमन्तर भएर सकिएका पनि छन्। ‘सरी’आदर्शात्मक वाक्य हो भन्नेले यसबाट फाइदा लिनेहरू पनि छन्। ‘सरी’भन्नु घुँडा टेक्नुजस्तै हो भनेर आत्मघाती बाटो समाएर क्षति ब्यहोर्नेहरू पनि छन्।

‘सरी’ एट्टिट्युडसँग पनि जोडिन्छ। एउटै ‘सरी’ले इगो तोडिन्छ। ‘सरी’मायामा पोखिन्छ। यसैले ‘सरी’शब्दमा चमत्कारिक ताकत छ।

‘सरी’को व्यापकता उल्लेख गरी साध्य छैन। ठोक्किँदा मुसुक्क हाँसेर ‘सरी’, झोक्किँदा ठूलो आवाजमा‘सरी’। हामीकहाँ अक्सर यो पनि भनिन्छ : गर्ने मनपरी, भन्ने ‘सरी’???

‘सरी’भनेर कोही सानो भएको रेकर्ड छैन। ‘सरी’नभनेर कोही ठूलो भएको पनि देखिएको छैन। बरु चर्चित भनाईं छः रिसले आफैंलाई जलाउँछ , रिसले सबै चिज डामाडोल गराउँछ।

विवेकशील मान्छे रिसबाट टाढा हुनुपर्छ भन्दै केही नाम चलेका मोटिभेसनल स्पिकरहरू भन्छन् : रिस शब्दलाई उल्ट्याइदिनुस् ‘सरी’ बन्छ। रिसको उल्टो ‘सरी’ हुन्छ।

‘सरी’मायालु शब्द हो। ‘सरी’दयालु शब्द हो। यो दिनरात प्रयोगमा आउँछ। ‘सरी’दिइरहनुपर्छ। ‘सरी’लिइरहनु पर्छ। यति सरल, सरस, सटिक र सविनय शब्दको गहिराईमा जान खोज्नु पनि साहसभन्दा बढी दुस्साहस पो हुन्छ कि ! सरी!

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १४:४५
सिफारिस
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
फेरि डुबायो नेपाललाई मध्यक्रमको ब्याटिङले
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीको स्पिनमा फस्दा नेपाल १२३ रनमै अलआउट
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
इटालीविरुद्धको खेलअघि पूर्वक्रिकेटर पृथु बाँस्कोटाले मुम्बईबाट गरेको विश्लेषण यस्तो छ (भिडिओ)
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
भक्तपुर–१ मा लगातार बजिरहेको मादल
नेपालविरूद्ध इटालीले जित्यो टस,  नेपाली टोलीमा एक परिवर्तन
नेपालविरूद्ध इटालीले जित्यो टस, नेपाली टोलीमा एक परिवर्तन
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

निरन्तर ओझेलमा संस्थागत विकास
दल नयाँ कि दृष्टि?
उमेरसँगै मौन बनेका मेरा सपना!
साथी, समय छैन भन्ने त बहाना रहेछ!
क्याप-टोपी लगाउने त्यो केटो!
तपाईंसँग योजना छ कि केवल शब्दको थुप्रो?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP