Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
मंगलबार, फागुन २६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

म यस्तै हो!

Nmb
Nmb
क्रान्तिशिखा धिताल

क्रान्तिशिखा धिताल

पुस १४
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

एउटा मानिसले जन्म लिँदै गर्दा  यो संसार देख्ने चिच्याहटसँग बहाना बोकेर आएको हुन्छ।

उसको रूवाइ जति शक्तिशाली हुन्छ, त्यति नै भयंकर उसको झुट हुन्छ।

ऊ जन्मिँदा सँगसँगै उसको कारणले सिर्जना भएका बहानालाई कारण बनाइदिने तमाम आफन्त लिएर आएको हुन्छ। ती आफन्त जो कोही हुन सक्छन्। तिनका आवरण फरक फरक हुन सक्छन्।

फरक समयमा एउटा व्यक्तिले गरेका गल्ती र त्यही गल्तीलाई बहाना बनाएर ढाकछोप गरिदिने मान्छे हुन्छन्।

हुन पनि एउटा व्यक्तिलाई जीवनमा के नै चाहिने रहेछ र आखिर! एउटा जीवन र त्यसलाई जीवन्त बनाउने बहाना। खैर, जे होस्!

सानो हुँदा हामी आफूलाई चाहिएको खेलौना नपाउँदा अनायासै रूने, स्कुल जान अल्छी लागेर बिरामी भइदिने! हामीलाई थमथमाउन कोही न कोही ले 'यो त यस्तै गर्छ' भन्दिने!

त्यही सुनेर हामी फुरूंग भइन्थ्यो। हुन त यी बालापनमा पाइने 'बोनस' पनि हुन्। त्यसैले त्यो उमेर खास पनि हुन्छ।

Premier
Premier

तर जब मेरै वरपर 'म यस्तै हो' भनेर होच्याउने, धम्काउने, रिसाउने मान्छेहरूको भिड देख्छु, मलाई पहिले आफ्नै बानी सम्झेर नरमाइलो लाग्छ। म चाहिनेभन्दा भावुक भएँ, धेरै सोच्ने भएँ, धेरै मान्छेहरूले मलाई 'टेकन फर ग्रान्टेड' लिए। र, यसरी नै 'म यस्तै हो' भनेर धेरै वर्ष बिताए।

मसँगै हिँड्ने साथी, आफन्तले पनि 'यो यस्तै हो' भनेर सामान्यीकरण गरिदिए।

Ncell
Ncell

मलाई अझै थाहा छैन, त्यो बानी आफैंलाई कति बाधक भयो भनेर। यी त भावनाका कुरा भए।

एकै छिन हामी सम्झिऔं त- आफ्नो घर र परिवार। ती परिवार भित्रका सदस्य। र, ती सदस्यका आआफ्नै प्रकृति।

कोही रिसाहा, कोही सन्की, कोही पचमुखा, कोही घुसघुसे। अब त्यो सदस्यलाई स्मरण गरौं जसले गर्दा घरमा कलह हुन्थ्यो। घरमा कोलाहल हुन्थ्यो।

मेरो आफ्नै घरको कुरा गर्ने हो भने त्यस्तो वातावरण नभएको होइन। मेरो जस्तै परिवारको सदस्य अरूको घरमा नदेखेको पनि होइन। घर भाँड्न धेरै ठूलो बहाना नै चाहिँदैन। एउटाले अर्कोको कुरा नसुनिदिए पुग्छ। अर्कोले घरको अनुशासन नमानिदिए पुग्छ। एकअर्कालाई विश्वास नगरिदिए पुग्छ। सामान्य जिम्मेवारीबाट पन्छिए पुग्छ।

मैले रिसको झोंकमा आफ्नै आमालाई छोराले हात उठाएको देखेकी छु। श्रीमानले आफ्नो श्रीमतीलाई आगोले पोलेको देखेकी छु। लुछेर टाउकोको कपाल रित्तिएको देखेकी छु। र, उही मान्छे नै समाजको पैरवी भएको देखेकी छु।

'ऊ त्यस्तै हो' भनेर उसैको जय-जयकार गरेको देखेकी छु।

यस्तै व्यवहारलाई अर्कोले 'यो त यस्तै हो' भनिरह्यो भने त्यही परम्परा बन्छ। जुन परम्परा अर्को पुस्ताले पछ्याउँछ। अरूले दिने यातनाको आयतन ठूलो हुन्छ।

कुनै पनि मानिसका लागि घर भनेको उसको सबल र प्रिय ठाउँ हो। तर त्यही ठाउँबाट ऊ 'यो यस्तै हो' भनेर जिम्मेवारीबाट पर बस्न सिक्छ। आफूले पाएको जिम्मेवारीबाट पर बस्न उसले बहाना बनाउन सिक्छ।

हरेक दिन हामी कति बहाना बनाउँछौं सोचौं त! कहिले बहाना हामीले बनाऔंला, कहिले अरूले बनाएको बहाना पत्याऔंला।

जे गरौंला, बहानाको अर्को स्वरूप झुट हो। यो यस्तो झुट हो जसले आफैंलाई सुस्त र मन्द गतिमा सक्काइरहेको हुन्छ।

बहाना बनाउनु भनेको अरूलाई बुझ्न प्रयास नगर्नु हो। आफूले जवाफ दिनु पर्दैन भन्ने सोच्नु हो। यो सोच र बुझाइ कहाँ कहाँ मिल्छ हेरौं है त!

हामीमध्ये धेरैको घरमा कोही न कोहीले मद्यपान र धूमपान गर्छ। कोही परस्त्रीसँग सम्बन्ध राख्छ। कसैले घरेलु हिंसा गर्छ। कोही यति उग्र हुन्छ, उसले बोलेको नै अन्तिम सत्य ठान्छ। र, कोही यस्तो हुन्छ जसले यति सबै हुँदा पनि 'उ यस्तै हो' भनेर सधैं सहन्छ।

तरकारीमा नुन पुगेन भनेर खाना पस्केको थाल फ्यालेको पनि देखेकी छु। झगडा गर्ने ले 'म यस्तै हो' भनेर  शानका साथ घुर्की लगाउँछ। उसलाई त्यो घुर्की लाग्छ तर अर्कोलाई अन्याय गरेको लाग्छ। यो खालको व्यवहार सबैसँग उस्तै भए त यस्तै हो भन्न सकिएला। तर एउटा श्रीमतीसँग रिसाइरहने मान्छे अरूका अगाडि कसरी शान्त हुन्छ? किन चुप हुन्छ?

किनभने उसलाई थाहा छ, अरूले ऊ यस्तै हो भन्दैनन्। यो सहने प्रक्रिया घरबाट सुरू भएर विद्यालयमा पुग्छ। विद्यालयबाट अफिसमा पुग्छ।

मेरो व्यक्तिगत कुरा गर्ने हो भने सञ्चार कर्मको मेरो यात्रामा धेरै 'बुली' भएको देखेकी छु। भोगेकी छु। किन यस्तो अस्वस्थ प्रतिस्पर्धा हुन्छ भनेर अनुभवीहरूलाई सोध्दा 'मिडिया यस्तै हो' भन्ने जवाफ पाएकी छु।

मैले त्यति बेलै 'यस्तो होइन' भन्न सकेको भए या मलाई कसैले भनिदिएको भए, नयाँ आउने साथीहरूलाई 'म यस्तै होइन' भन्थेँ होला। तर हामीलाई थाहा हुँदाहुँदै पनि हामी यस्तै होइन भन्दैनौं। किनभने हामीले स्वीकार गरिसकेका छौं यस्तो होइन भन्नु वैचारिक मतभेद हुनु हो। आफ्नो काबिलियतमा अविश्वास गर्नु हो।

देशको चौथो अंग मानिने सञ्चार क्षेत्रमा सोधिने प्राइम टाइमका प्रश्नमा 'भर्जिन' को गलफती हुन्छ। र, त्यसलाई 'धमलाको हमला' नाम दिइन्छ। हामी त्यसलाई पनि यस्तै हो भनेर स्वीकार गर्छौं। बाटोमा हिँड्दा अनजान केटाले केटीतिर हेर्दै जिब्रो पट्कायो, कसैले नबुझेरै कसैको बारेमा भ्रम छर्दै हिँड्यो, अनि जहाँ पनि यो यस्तै हो, त्यो त्यस्तै हो भनेर हामी चुप बस्छौं।

हामी जस्ता थुप्रै मान्छे छन् जसलाई यस्तो घटना आफ्नै लाग्छन्। त्यति बेला चुप बस्दा हामीले बिर्सिन्छौं हामीमाथि दमन भइरहेको। हामी बिर्सिन्छौं हाम्रो चरित्रमाथि प्रश्न उठेको। हामी देख्दैनौं आफ्नो सोचको स्तर घटेको।

बहानाका आफ्नै प्रकार छन्। कुनै बहाना प्यारा लाग्छन्, कुनै रमाइला। तर बहाना जस्तो होऊन्, यो झुटलाई छोप्ने कवच हो। यसले एउटै व्यक्तिलाई भगवान बनाउँछ र उसैलाई दानव पनि बनाउँछ।

हुन त सानैदेखि हामीलाई सत्य बोल्न नसके बहाना बनाउनु भनेर यही समाजले जबरजस्ती ठेलेर, पेलेर बनाएको नियम हो। हो भनिरहनुभन्दा होइन भन्नु त हिम्मत हो। हामी हिम्मतिलो हुनुपर्छ। अर्को व्यक्तिले के सोच्ला भनेर भन्न नसकेका, सोध्न नसकेका कुराहरू थाती भइजान्छन्।

यसको अवशेष अर्को पुस्ताले पनि भोग्नुपर्छ। आफ्नो कायरता यसरी आफ्ना सन्तानलाई थोपर्न हुँदैन। पाइँदैन। साँचो बोल्न नसकेर बहाना व्यक्त गर्दा त्यसको शृंखला त्यहीँ सकिने भए, व्यक्त हुन नसकेका सत्य टाढैबाट हराउने भए कुरा अर्कै हुन्थ्यो। तर यस्ता तमाम बहानाले एउटा घनचक्कर बनाउँछ र त्यहीँ सबैलाई सिद्ध्याउँछ।

मनमा आएका प्रश्न, जुन प्रश्नले अन्याय छेड्न सक्छ, ती दुरूस्तै दिमागले बोल भनिदिए पुग्छ। घर, समाज हुँदै यो झुटको खेल देशमा पुग्छ। यो देशमा झुटको शृंखलाबाट अनियमितताको नाममा के के भएन! कहाँ कहाँ भएन। सुन प्रकरणदेखि त्रिभुवन विश्वविद्यालय प्रकरणका दृष्टान्त छर्लंग छन्। निर्मला पन्त प्रकरणदेखि भुटानी शरणार्थी प्रकरण हामी माझ छन्।

घरमा यस्तै हो भनेर पचाउनु डरले हो। तर राजनीतिमा यस्तै होइन भन्न नसक्नु चाकडी गर्नु हो। सहनु भनेको पदको शक्तिको चाप्लुसी गर्नु हो।

हामीले सधैं यस्तै हो भन्नु अन्यायलाई प्रेरित गर्नु हो।

सुन्दा गाह्रो लाग्न सक्छ, तर यहाँ हरेक कुरामा फोहोरी राजनीति हुन्छ। अचेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट यो देश छोड्दा हाम्रो मस्तिष्कमा 'यो देश यस्तै हो' भन्ने लाखौंको आवाज गुन्जिन थालेको छ। जजसको कानमा त्यो आवाज बज्यो, अब अर्को पुस्तामा सर्छ र यो देश रित्तिन्छ।

आवाज भावना हो। अनुभूति हो। आवाज मिराज होइन जुन बिलाएर जान्छ। आवाज शक्ति हो। यसले अरूलाई हराउँछ। हामीले यसरी अरूलाई हराउन दिनु हुँदैन।

सानो छँदा सानै लागेका कत्ति बहाना कालान्तरमा परम्परा बने। यो यस्तै हो भन्ने हाम्रो कण्ठभरि छचल्केर बसेको छ। यसको छालसँग हामी ठोक्किइरहेका छौं। यसको परिणाम स्वीकार गर्न हामीलाई गाह्रो हुनेछ। त्यति बेला जान-अनजानमा गरेका बहानाबाजि र नमिठा भोगाइको पछि गएर विलम्ब गर्नुबाहेक अरू उपाय नहुन सक्छ।

कहिले आफूतिर, कहिले विगततिर हेर्दै हामीले दिएको, हामीले लिएको, हामीमाथि थोपरेको, हामीले अरूमाथि थोपरेको बहाना बापत हामीलाई शून्यता आउनेछ। हामीसँग सती प्रथा र निरंकुश शासनतन्त्र को इतिहास छ। यो यस्तै हो भनेर सहिरहेको भए त्यो रहिरहन्थ्यो। हामी यस्ता हुँदैन थियौं। हामी यहाँ हुँदैन थियौ।

त्यो समयमा यस्तो हुँदैन भनेको समाजले खै कहिलेदेखि आफ्नो अस्तित्व बिर्सिन थाल्यो। कसैको मुखबाट निस्किन नसकेको कुरा योगमायाको बोलीबाट निस्किँदा उनलाई कति हलुंगो भयो होला।

आफूभित्रको उकुसमुकुस बाहिर ओकल्दा शीतल हुन्छ। हामी शीतल हुनुपर्छ।

अमेरिकामा रंगभेद यस्तै हो भनेर छोडेको भए अहिले त्यहाँ गृहयुद्ध भइरहेको हुन्थ्यो होला! छिमेकी देश भारतमा त्यहाँका जनताले उपनिवेशीकरणलाई सधैं स्वीकार गरेको भए आज भारत अर्थतन्त्रको ठूलो हिस्सेदार हुने थिएन होला।

यस्तै हो भनेर सहेको परिणाम उत्तर कोरियाले के पायो?

केही कुरा लेखान्त हुन्छन् तर सबैलाई त्यसकै टोकरीमा मिसाउनु हुँदैन।  कुन बहानाले कस्तो अर्थ राख्छ, बुझ्न खोज्नुपर्छ। जति बुझ्न सक्यो, मानिस त्यति नै विशाल हुन्छ। संयम हुन्छ।

सहनु राम्रो हो भन्ने सिकाइ नै गलत हो। हरेक ठाउँको सहन फरक हुन्छ। ठाउँअनुसार व्यक्ति हुन्छन्। त्यहीअनुसार नियत फरक हुन्छ। आफूलाई चिन्दै नचिनेर चिनेजस्तो बहाना गरिदिन सक्छन्। बोल्नै नखोजी बोल्न नसकेको बहाना गराउन सक्छन्। यी सबै प्रक्रिया बुझ्न हामी घरबाट नै माहिर भएर आउनुपर्छ।

तर हामी घरबाटै कमजोर भएर निस्किएका हुन्छौं। गलतलाई सही हो भनेर साथ दिनेहरूलाई थुप्रैले अँगाल्छन्। तर त्यो क्षणिक रहन्छ। कसैको अव्यावहारिक जीवनशैलीको बोझ हामी किन बोक्छौं? बित्थामा किन झुट बोलेर सतर्क हुन्छौं?

सही कुराको सारथि बनेर हेर्नु त, यो कति बास्नादार र कोमल छ!

सत्यले सत्य नै बोल्नु भन्छ। असत्य बोलेर भाग भन्दैन।

सत्य र असत्य हावामा फैलिन्छ। हामीले कुन हावाको सास लिने ख्याल गर्नुपर्छ।

मैले यस्तो होइन भन्न घर, समाज र राजनीतिमा थालिसकेँ। सही बोल्दा कसैको पाउ मोल्नु पर्दैन। कसैको दाउमा मिसिनु पर्दैन। आजदेखि जे सही हो, त्यसैलाई साथ दिऔं।

हामीले 'यस्तो होइन' भन्न सक्यौं भने यो संसारमा सत्य बाँचिरहन्छ। जे सत्य हो, त्यही सही हो। हामीले सत्य बचाउनुपर्छ।

(लेखक क्रान्तिशिखा धिताल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य हुन्।)

 

(क्रान्तिशिखा धितालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)

ट्विटरः @krantishikha

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १८:३०
सिफारिस
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

मैले देखेको लोभलाग्दो कस्टमर सर्भिस!
खासमा नारी दिवस कसका लागि?
कालीगण्डकीमा बग्नबाट बचेको दिन!
भोटको मौसम, भरोसाको खडेरी!
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना!
मेरो एक भोटको दम!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP