Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati घुमफिर
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • घुमफिर समाचार
  • घुमफिर अनुभव
  • घुमफिर गतिविधि
Nmb
Nmb

रोमाञ्चक रारा

Royal Enfield
Royal Enfield
राजु प्याकुरेल

राजु प्याकुरेल

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

नछिप्पिँदैको कलिलो घाम भए पनि नेपालगन्जमा बिहानै चर्को गर्मी थियो।

एकाएक बदली भई हावाहुरीसँगै मडारिँदै आएको कालो बादलले सूर्यलाई ढाकिदियो। केही क्षणमै भयंकर पानी बर्सियो।

हामी काठमाडौंबाट आउने पहिलो विमान अवतरणको प्रतीक्षामा थियौं। सडकमार्गबाट रारा ताल पुग्ने हाम्रो यात्राटोलीका केही सदस्य हवाईमार्ग हुँदै नेपालगन्ज आउँदै थिए।

साथीहरू रांझा विमानस्थलमा ओर्लनासाथ अलमल नगरी उत्तर लाग्ने र उज्यालोमै कालिकोटको सदरमुकाम मान्म पुगेर बास बस्ने हाम्रो योजना थियो। वातावरणमा आएको अकस्मात परिवर्तनले हामीलाई विचलित तुल्यायो।

निर्धारित समयभन्दा करिब एक घन्टा ढिलो गरी विमान अवतरण भयो। विलम्ब नगरी बिहान साढे नौ बजे रांझाबाट छुटेको मोटरगाडी कोहलपुर हुँदै सुर्खेत पुग्दा दिउँसो १२ बजिसकेको थियो। गाडीको गति र हाम्रो भोकको वेग प्रतिस्पर्धारत थियो।

हामी सुर्खेतमा भोजन गरी अघि बढ्यौं।

वीरेन्द्रनगरको चौडा सडकबाट बांगेसिमल हुँदै कर्णाली राजमार्ग सुरु हुन्छ। यहाँबाट तल्लो डुंगेश्वरसम्म बाटो खराब छ। त्यसैले, दैलेख सदरमुकामतर्फको गुरांसे उक्लिएर तल्लो डुंगेश्वर पुग्ने बाटो केही छोटो हुने चालकको सुझावमा हामीले समर्थन जनायौं।

तराई र भित्री मधेस छिचोल्दै आएका हुँदा गुरांसेको चिसोले राहत दियो। धेरै समय अलमल नगरी चिया खानासाथ ओरालो झर्यौं। सियाकोटको मोडमा पुगेपछि दैलेख सदरमुकामलाई परैबाट पछि कुनै दिन भेटौंलाझैं गरी हाम्रो गाडी बायाँतर्फ फनक्क मोडियो।

केही बेरमै हामी तल्लो डुंगेश्वर पुग्यौं।

Ncell
Ncell

यहाँ कर्णाली नदी देख्ने र कर्णाली राजमार्ग टेक्ने काम सँगसँगै भयो। यो मार्गबाट अछाम, डोटी जोड्ने बाटोको मुख राकम हुँदै कर्णाली नदीलाई घरि नजिक र घरि टाढा राख्दै दैलेख जिल्लाका पहाड, थुम्काथुम्की र फाँटहरू पार गरी अघि बढिरह्यौं। फाँट छाडेर भीरको बाटो उक्लिएपछि पारि डाँडामा देखिएका नागबेली बाटो र बाटोमाथि गुजमुज्ज छरिएका घर देख्यौं। त्यही नै कालिकोटको सदरमुकाम मान्म खाडाचक्र बजार रहेछ।

भर्खरै उक्लिएजति नै ओर्लिएपछि जुम्लातर्फबाट आएको नदीमाथिको पुल पार गरी अघि देखिएको नागबेली बाटो उक्लिएपछि साँझको समय मान्म बजार पुग्यौं।

यात्राको दोस्रो दिन बिहान ६ बजे चियापान गरी मान्म बजारसँग विदा लियौं। सडक कालोपत्रे त थियो, तर ठाउँठाउँमा भत्किएर कच्ची वा ग्राभेल मात्र भएजस्ता देखिन्थे। विगत वर्षहरूमा पहिरोले पुर्याएको क्षतिमा नियमित सम्भार नपाउँदा यस्तो भएको रहेछ। यसले यात्रालाई जोखिम र यात्रुलाई थप सास्ती दिइरहेको हुन्थ्यो।

कतिपय स्थानमा त यात्रुहरू ओर्लिएर धकेल्नुपर्ने र सोही रुटका अनुभवी चालकको सहयोग लिनुपर्ने अवस्था पर्दो रहेछ। यिनै आरोह–अवरोह पार गर्दै करिब १० बजेतिर नाग्मा बजार पुगियो। सिंजा उपत्यका हुँदै आएको हिमा कर्णाली र जुम्लाबाट आएको तिला कर्णालीको संगममा रहेको नाग्मा बजारबाट छुट्टिने रहेछ, मुगु जाने र जुम्ला जाने बाटो।

हामी लाग्यौं बायाँतर्फको हिमा कर्णाली किनारसँगै लमतन्न तन्किएको कच्ची सडकतर्फ।

कञ्चन बगिरहेकी कर्णाली, नदी वारिपारि मनमोहक जिउला (खेत), हरियाली जंगल, ठाउँठाउँमा झुरुप्प बस्ती। बस्तीमा उस्तै आकार र रङका लय मिलेका घर। यी दृश्यमा समाहित हुँदै बाटो काट्दा सडक कच्ची भए पनि रोमाञ्चक र सुरक्षित अनुभूति भइरहेको थियो।

बाटोले नदीको साथ छाडेसँगै एक खालको अत्यासले डेरा जमायो। छिट्टै गन्तव्य पुग्ने याचना मनले गर्न थाल्यो। नदी किनारा, फाँट, भीर पहराको सांघुरा धुलेबाटो छिचोल्दै नाग्माबाट करिब ९० किलोमिटर सडक पार गरी सवारी साधन पुग्ने अन्तिम विन्दुमा पुगेर अडियौं।

यहाँबाट पैदल यात्रा सुरु गरी रमणीय सल्लोको जंगल छिचोल्दै केही बेर ओरालो झरेपछि रारा किनारको फराकिलो खुला चउरमा पुग्यौं।

अब आँखै अगाडि छिन्, रारा। अति कञ्चन जलराशी। किनारामा छचल्किरहने निर्मल जल। छिनछिनै रङ परिवर्तन गरिरहेकी। जिस्किइरहेकी जस्तो। बोलाइरहेकी जस्तो। किनाराका जंगल र वरिपरि डाँडाका समरूप तालभित्र पनि छन् कि जस्तो भान पर्ने। स्निग्ध सुन्दर। सल्बलाई रहेका चञ्चल माछा। प्राकृतिक एक्वेरियमजस्तै।

यस्ती रारासँग स्पर्शसहित साक्षात्कार भएपछि हामी आल्हादित भयौं। सहयात्री सबैका हातका औंला आ–आफ्ना क्यामरा वा स्मार्टफोनमा सल्बलाउन थाले। केही सहयात्रीले राराको काखमा रमाइरहेको प्रमाण सामाजिक सञ्जालमार्फत् ‘भर्चुअल’ जगतमा पुर्याउन किञ्चित विलम्ब गरेनन्।

रोमाञ्चकारी पल बितिरहँदा डाँडाले छेक्न लागेको रातो घामको प्रतिविम्ब विशाल जलसतहमा छचल्किएको दृश्यले थप उद्वेलित बनायो। बाँकी संसार भुलेर रारासँगको रमाइलोमा डुबेको यात्रुलाई डुब्दै गरेको घामले समयको स्मरण गराइदियो।

आजको वासस्थल तालपारि पुग्न एक घन्टाभन्दा बढी समय लाग्ने कुराले झस्कायो पनि।

ताललाई दाहिने फेरो पारेर पारि पुग्दाको यात्रा पनि कम रोचक भएन। हिँडनेभन्दा अडिएर फोटो खिच्नमै समय बढी गुजार्यौं। होटल पुगेर डिलबाट ताल हेर्दा हामी थप अचम्भित भयौं। बाटोमा फेरो मारेकोभन्दा अझै बढी तालको भाग देखिन त बाँकी नै रहेछ।

तालको आकारको विषयमा हाम्रो अल्पज्ञान तत्क्षण मिथ्या सावित भयो। होटलका सहृदयी कर्मचारीहरूबाट थाहा भयो, पूरै रारा एकै नजरमा हेर्न किनाराको कुनै भागबाट सम्भव छैन। त्यहाँबाट करिब दुई घन्टा उकालो हिँडेर पुगिने मुर्मा डाँडोबाट मात्र कचौरा आकारमा रारा नियाल्न सकिने रहेछ।

भोलिपल्ट बिहानको झुल्के घामसँगै पुनः रारालाई फरक–फरक दिशाको किनाराबाट नियालिरह्यौं।

पलभरमै रङ बदलिरहने रारासँग जति आँखा जुधाइरहे पनि मन भरिएन। समयको पूर्वनिर्धारित पाबन्दीले मुर्मातर्फ जान नसके पनि अर्कोपटक आउँदा सिंगो रारा हेर्ने अभिलाषासहित विदा भयौं।

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  १४:५९
सिफारिस
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

घुमफिर

'नुम्बुर चीज सर्किट' को एक फन्को (तस्बिरहरू)
ओझेलमा अरुण किनारको मनकामना!
घ्याङ्स्वारामा बहकिएको मन
'मिनी ग्रेटवाल' चढ्दा देखिएको हाम्रो चेतनाको स्तर
हिउँमा लाप्चीको सुन्दरता (तस्बिरहरू)
७ सय डलरको बिल जब १२ सयको आयो!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP