प्रसिद्ध फिल्म निर्माता कम्पनी साईन्स फिक्सन फेन्टासी ड्रागन इन्टर्टेन्टमेन्टद्वारा न्युयोर्क सहरको व्यापारिक केन्द्र म्यानहाटनमा आज एक विशेष प्रत्यक्ष सांगीतिक कार्यक्रम आयोजना गर्यो।
‘ड्रागन स्क्वायर्ड कटिङ रूम लाईभ’ नाम दिईएको सो कार्यक्रममा दुई पटक एमी एवार्ड विजेता लुसिया काईसर ब्रिटीस रेकर्डर एवं सुपरस्टार गायक आरोन पल, न्युयोर्कको चर्चित व्याण्ड अल स्टार, पूर्व ओलम्पियन एवं विश्व विजेता एमी, ग्य्रान्ड मास्टर टाईरन बुल्लकद्वारा स्थापित संस्था र जोस्लीन न्युगेन कार्यकारी निर्माता, सुप्रसिद्ध फिल्म स्टार, सेलिब्रेटीहरू, म्युजीक एवं फेसन सुपरस्टारलगायत चर्चित कलाकार एवं विशिष्ट र ख्यातीप्राप्त महानुभावहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेशनको स्थापना सन् २०११ मा पूर्व उपप्रधान मन्त्री एंव परराष्ट्र मन्त्री माननीय सुजाता कोईरालाले गरेको र उनी नै केन्द्रीय अध्यक्ष समेत रहेको बताए।
गिरीजाप्रसाद कोईराला फाउन्डेशनको केन्द्रीय कार्यालय काठमाडौं, नेपालमा रहेको भन्दै गिरीजा बाबुको परिचय एवं यसले अमेरिकालगायत विश्वव्यापी गरेका सामाजिक गतिविधिहरू र हालै नेपालमा कोभिड -१९ को असरवाट परेको स्वास्थ्य संकटमा अती आवश्यक स्वास्थ्य सामाग्रीहरू संकलन गरी पठाउन फाउन्डेशन एन. आर.एन.ए.यु.एस.ए. को ऐतिहासिक अभियान ‘मिसन:हेल्प नेपाल’ मा सहकार्य गरेको बताए।
कार्यक्रमको माष्टर्स अफ सेरेमोनीका रूपमा प्रसीद्द न्यूक्लियर वैज्ञानिक डा. लियोनेल यींग थिए भने फाउन्डेशन अमेरीका च्याप्टरका तर्फवाट उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको प्रवक्ता रामचन्द्र अधिकारीले बताए।