इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिति गठन भएको छ। नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रबादीहरुको सिड्नीमा सम्पन्न बृहत् भेलाले राज्य समिति गठन गरेको हो।
भेलाले समितिको उपाध्यक्षमा रामजी बस्नेत ,महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाई ,सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत ,कोषाध्यक्षमा सोभितजंग कुँवरलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा अर्जुन गौतम ,सागर काफ्ले श्रीपत तिवारी कृष्ण पोखरेल,पुष्कर भट्ट, सन्देश राज भण्डारी ,परमानन्द शाह र सुभम सिङ्ग रहेका छन् ।
समितिको सल्लाहकारहरुमा डा. देबेन्द्र सापकोटा,प्रकाश हुमागाई ,लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ ।
मुलुक भन्दा सात समुन्द्र पारी कर्मभूमिमा विचारले जोडिएका प्रजातन्त्रबादी हरुबीच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानु पर्ने अहिलेको परिस्थीतिमा यो समितीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।र
प्रकाशित मिति: आईतबार, मंसिर १५, २०७६, ०६:५३:००