Ncell
Setopati
x
Nammi
Setopati
x
Nammi
Uniliver1
Samsung banner
Samsung banner
Setopati ग्लोबल
Subscribe Setopati
शुक्रबार, फागुन २२, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • अमेरिका
  • अस्ट्रेलिया
  • युरोप
  • पूर्व एसिया
  • मध्यपूर्व एसिया
  • दक्षिण एसिया
  • अन्य देश

हेलो छिमेकी!

Nmb
Nmb
निरू त्रिपाठी

निरू त्रिपाठी

gibl
gibl
gibl
gibl
निरू त्रिपाठी
निरू त्रिपाठी
Tata box 1
Tata box 1

करिब चार वर्षपछि बल्ल मैले मेरो छिमेकीको नाम थाहा पाएँ। उनीहरूको पेशा अनि मूल थलो कहाँ हो भनेर पनि पत्ता लगाएँ।

हामीले लगभग पन्ध्र मिनेटको संवादमा यो बाहेक अरू पनि धेरै कुरा गर्न भ्यायौं। भेटेपछि हामी यसरी गफ गर्ने रहेछौं कि, अहिलेसम्म केको पर्खाइमा थियौं त भनेर एकछिन हाँस्यौ पनि। सायद दुई शब्दको ‘हेलो छिमेकी’ भन्न अल्छि गर्दा यस्तो भयो कि भनेर फेरि पनि हाँस्यौं।

वास्तवमा यत्रो वर्षसम्म हामीबीच झगडा भएर, मनमुटाव भएर नबोलेका होइनौं।

एकअर्कासँग बोल्ने कुरा नभएर नबोलेका थियौं। दुई अक्षरको ‘हेलो छिमेकी’ भन्न हिच्किचाउँदा वा विर्सदा हामी छिमेकी-छिमेकी बीचमा यति लामो दूरी बसेको थियो। एकअर्कासँग देखेर पनि नदेखे जस्तो गर्दा र आँखा जुधिहाल्यो भने पनि फिस्स हाँस्दै वा एक शब्दको ‘हेल्लो’ स्वासले मात्रै भन्दा एक अर्कालाई चिन्दै नचिनेका थियौ।

छिमेकी र म बस्ने घरको बीचमा कुनै इट्टाले बनेको ठू–ठूला पर्खाल छैन। न त काठको, न त काडेँ तारले बेरेको अग्ला अग्ला बार नै छन्। न कुनै रूख, बोट विरूवा वा ढुङ्गाले हाम्रो सिमाना नै तोकिदिएको छ। न त कुनै प्रवेश निषेधको चिन्ह भएको बोर्ड नै छ।

हामी दुवैको घर एकअर्कामा जोडिएको छ। तराई भेगको झैँ समथर आँगन हाम्रो एउटै छ। जुम्ल्याहा दिदी बहिनी जस्तो घरको बाहिर र भित्रको स्वरूप पनि एउटै छ। यति मात्रै फरक छ कि म कहाँ आउन मानिसहरु नेभिगेटरमा यूनिट ३ भनेर लगाएर आउँछन् भने उनकोमा आउनेहरु यूनिट ४ भनेर आउँछन्। फरक यति हो कि तिहारमा मेरो घर झिलिमिलि हुन्छ र क्रिसमसमा उनको।

करिब त्यस्तै सात आठ महिना अगाडिको कुरा होला। ग्रोसरी सपिङ गर्न जान म ग्यारेजबाट गाडी निकाल्दै थिएँ। छिमेकीको दुई छोरीहरू आँगनमा खेलिरहेका थिए। मैले गाडी निकाल्ने वित्तिक्कै उनीहरु दुवैजना खेल्न छोडेर हात हल्लाएर बाई गरेँ।

Premier
Premier

हामीहरूले पहिला पनि एकअर्कालाई आक्कलझुक्कल देखिरहेको थियौं तर कसैले कसैलाई बाई पनि भनेका थिएनौं। कहिलेकाहीँ मैले उनीहरुलाई देखेर मुस्कुराए भने उनीहरू लजाउँदै खरायोको बच्चाझैं खुरूरू कतै भाग्थे अनि लुक्थे। तर उनीहरू आफैंले आज मलाई बाई भन्दा खुसी लाग्यो अनि मैले मुस्कुराउँदै गाडीको सिसा तल झारेर हात बाहिर निकाली बाई बाई गरें। उनीहरु फेरि लाजले खुरुरु भित्र गए। आफैं बाई गर्ने अनि आफैं लाजले भित्र जाने उनीहरुको बालापनले मलाई छोयो। म गएको उनीहरु लुकीलुकी हेरिरहेका थिए जुन म प्रस्ट साइड ऐनाबाट देख्न सक्थेँ।

त्यो दिनदेखि ती बालिका र म बीचको बाई-बाईको संवाद अलि प्रगाढ हुँदै गयो। हामीहरू एकअर्कालाई देख्ने बित्तिकै हाई भन्दा पनि बाई हुन थाल्यो। उनीहरू मलाई देख्नेबित्तिकै छिटो छिटो बाई-बाई भन्न आतुर हुन्थे। उनीहरूको यो व्यवहारले मलाई मेरो बालापन सम्झायो।

Ncell
Ncell

कहिलेकाहीँ म र उनीहरूको बुबा–आमाले गाडी निकाल्ने समय एउटै हुन्थ्यो। उनीहरू पछाडिको सिटबाट झ्यालको सिसामा नाक टस्साउँदै मलाई बाई भनेर मज्जा लिन थाले। उनीहरूको बुबाआमा र म एकअर्कालाई हेर्दै मुर्छा परेर मात्रै हाँस्थ्यौं। यो सिलसिला अलि महिना नै चल्यो।

एकदिन म साइक्लिङ गरेर आउँदै थिएँ, उनीहरू पनि आँगनमा आफ्नो सानो साइकलमा खेलिरहेका थिए।

उनीहरू आफ्नो साइकल लिएर मेरो नजिक आए र एउटै स्वरमा भने – ‘हेलो नेईवर (छिमेकी)।’ उनीहरु साह्रै मायालु थिए। मैले जिस्काउँदै भनेँ, ‘आज बाई नभन्ने?’ उनीहरू एकअर्काको मुख हेर्दै जेठीले भनिन्,‘तिमी हाम्रो छिमेकी हो त्यसैले अब हामी तिमीलाई छिमेकी भनेर बोलाउने। कान्छिले कुरा थपि,‘एस्, सी इज राईट।’

त्यो दिन यति मात्रै कुरा भयो। अर्को दिन फेरि म साइकलिङ गरेर घर आउँदै थिएँ, उनीहरु खुरर दौडिदै आए। मैले झ्याप्प ब्रेक लगाई हालेँ। एकछिन त मनको सातो गयो। कान्छी मेरो हात समात्दै ‘हेलो नेईवर प्लीज टेक अस इन टु योर्स हाउस्’ भन्न थालिन्। यसपटक जेठीले कान्छीको कुरामा  थप्दै भनिन्, ‘प्लीज हामीलाई तिम्रो घर हेर्न मन लाग्यो। एकदिन भित्र लैजाउन’ भनेर जिद्दि गर्न थालिन्।

मैले ‘हुन्छ आजै जाने भए पनि जाऔँ’ भने। तर उनीहरुले ‘यतिखेर हाम्रो डिनर टाइम हो, अब अर्को दिन आउँछौं’ भनेँ। नभन्दै ढोकाबाट उनीहरू आमाले बोलाइहालिन्। उनीहरू ‘बाई’ भन्दै खुरूरर.. गए।

ढोकाबाट नै उनीहरूको आमाले मलाई ‘सरी यिनीहरू अर्लि डिमाण्डीङ’ र ट्रवलमेकर’ भइरहेका छन्’ भनेर जानकारी दिईन्। उनीहरू बोल्दैमा मलाई समस्या त के नै हुन्थ्यो र तर पनि उनले आफ्नो छोरीले गर्दा मलाई गाह्रो भयो कि भनेर चासो देखाईन्। यसरी चासो देखाउनुपर्ने औपचारिकता थियो छिमेकी र म बीच।

गत लक्ष्मी पूजाको दिन म ढोका बाहिर रंगोली बनाउँदै थिएँ। उनीहरू आफ्नो घरको झ्यालबाट मलाई हेरिरहेकी थिए। मैले पनि उनीहरुलाई हातको इशाराले बोलाएँ तर उनीहरु आएनन्। एकछिन पछि फेरि बोलाएँ। उनीहरू आफ्नो ढोकासम्म आए एकछिन केही नबोलि हेरिरहे। अब चाँहि मैले पनि बोलि फुकाएर नै बोलाए, हेलो छिमेकी, कम वन..............। उनीहरु खुरर दौडिए तर खै के भयो त्यसरी नै खुरूर.. दौडिएर आधा बाटोबाट नै फर्किए। अनि त्यहीँ झ्यालबाट हेरिरहेँ। 

त्यो भन्दा केही दिन अगाडि उनीहरूको घर हलोइनले सजाएको थियो। झ्यालमा मान्छेको कंकाल झुण्डाएको थियो। एकदिन म अफिसबाट आउँदै गर्दा उनीहरुले ढोकाबाट ठूलो आवाजमा हेलो नेइर्वर भन्दै झ्यालतिर देखाए। म त्यतिखेर आफ्नै तनावमा थिए त्यसैले पनि उनीहरुको हेलो नेइर्वर र झ्यालतिर देखाएको दृश्यलाई फिस्स हाँसेर मात्रै जवाफ दिए। सायद त्यो दिन उनीहरुले मबाट केही शब्द वा त्यो भन्दा अलि बढी अरु केही प्रशंसाको अपेक्षा गरेका थिए होलान्। तर मबाट त्यस्तो केही नआएपछि उनीहरुलाई अलि नरमाईलो लाग्यो होला र सायद हुन सक्छ रंगोली हेर्न आउन मन लाग्दा लाग्दै पनि मेरो फेड्ल्ली व्यवहार नपाउँदा आउन गाह्रो मानेँ।

तिहारको दिन म आँगनमा बसेर फोनमा कुरा गरिरहँदा उनीहरु मेरो नजिक आए र भने, ‘हेलो नेइवर, ऊ त्यो के हो? उनीहरुले आँगनको रंगोली देखाउँदै भने। मैले फोन राखेर उनीहरूलाई आँगनमा लगेर रंगोली देखाए र विभिन्न रंगहरुको बारेमा सजिलो भाषामा बताए। उनीहरुले कति बुझे या बुझेनन् तर पनि त्यो रंगहरू र डिजाइन देखेर खुसी भए।

गत साता म इभिनिङवाक गरेर घर फर्कदै थिएँ। उनीहरु पनि उनीहरुकै मिठो लवजमा ‘हेलो छिमेकी’ भन्दै आए। मैले सोधेको थिइनँ तर उनीहरुले नै आज हामी हाम्रो साथीकोमा गएको, यो गेम खेलेको, यो खाएको अनि यस्तो कुरा गरेको। त्यहाँ अर्को नयाँ साथीलाई पनि भेटेको। त्यो साथीको ह्याट निलो थियो अनि नयाँ पनि। ममीले हामीलाई पनि त्यस्तै ह्याट किनिदिने भन्नुभएको छ। यो शनिबार हामी हाईप्वाइट गएर ह्याट अनि अरू शपिङ गर्ने। यस्तै आदि इत्यादि दिदीबहिनी भएर पालै पालो बोल्दै गए। म उनीहरुलाई एकटकले खुसीहुँदै सुनिरहेँ।

उनीहरुको कुरा सकेपछि यतिकैमा कान्छीले तिम्रो घर भित्र आज हामीलाई लैजाउँ न। हामी तिम्रो घरको सजावट हेर्न चाहन्छौ भन्न थालिन्। उनीहरू त्यहाँ एक्लै थिए त्यसरी घरभित्र लान पनि अप्ठ्यारो लाग्यो र अनि बुबाआमालाई सोधेर आउँ भने। जेठी एकैक्षणमा भित्र गईन् र उत्तिनैखेर ड्याडीले जाउ भन्नुभएको छ भनेर आईन्। आफूले जाउ भनेको नसुनेकोले उनीहरुलाई भित्र लान पनि अप्ठ्यारो लाग्यो अनि म आफैं उनीहरुको ढोकामा गएर ‘एस्क्यूज मी’ भने। उनीहरुको आमा थिइनन् त्यहाँ तर बाबा थिए। बाबाबाट नै स्वीकृति लिएर उनीहरुलाई भित्र लगेँ।

दुई पाइला भीत्र जान पनि कान्छीले मलाई बोक्न भनेर लाडिइन्। मलाई अचम्मको साथै खुसी पनि लाग्यो। मैले उनलाई मेरो कम्मरमा बोके। उनी खुसीले मलाई अँगालो हालिन्। कस्तो निर्मल रहर हो भनेर म भावुक पनि भएँ। उनको दिदीले मेरो हात समातिन्। मेरो काखमा उनी थिईन् अनि मेरो हत्केलामा उनकी बहिनी।

उनीहरुलाई मेरो घरभित्रको सजावट नौलो लाग्यो। उनीहरू सजाएको सामान यो के हो ऊ के हो भनेर जिज्ञासाको साथ सोधिरहेँ। यताउती दौडिदै हेर्दै उर्फिरहेँ। घरी सोफमाथि गएर उर्फछन् घरी बाहिर ब्याकार्डमा गएर हेर्छन्। फ्रिजमा के के छ भनेर देखाउ भन्छन्। चक्लेट देखेपछि खान्छु नि भनेर रहर गर्छन्। टिभी नजिकै सजाएको ढाका टोपी र अर्को ह्याट उनीहरु झिकेर लगाउन थाल्छन्। त्यहीँ नजिक भएको ऐना हेरेर एकअर्कालाई जिस्काउँछन्। घरी एकअर्कालाई अँगालोमा आएर खेल्छन् घरी भुइँमा फनफनी घुमेर नाँच्छन्। उनीहरुको यो लीला हेरेर म रमाउँदै थिएँ यत्तिकैमा ढोका ढकढक भयो।

उनीहरुको आमा रहिछिन्। आत्तिदै ढोका ढकढक गरेकी थिईन्। एकपल आफ्नो सन्तान नदेख्दा भएको पीडा उनीमा मैले देखेँ। उनले ढोकाबाट नै उनीहरुलाई बोलाईन्। उनीहरु अटेरी भएर त्यहीँ बसेँ। जान मानेनन्। मैले उनलाई भित्र बोलाए तर उनी आईनन्। न उनी भित्र आईन् न उनीहरु बाहिर जान माने। म बीचमा उनीहरु दुवैलाई हेरिरहेँ। उनी भनिरहेकी थिईन् हातमा समातेका सबै कुरा त्यहीँ छोडेर आउँ। तर उनीहरु सबै सामानहरु झन् अँगालोले कसेर जान मानिरहेका थिएनन्।

सानोमा आमाले नचिनेको कसैले दिएको नखानू, नचिनेको मान्छेको घरमा नजानू, जे पायो त्यहीँ चिज नलिनू आदि इत्यादि भनेको याद गरें। आमा नेपालको होस् वा विदेशको सबैको मन एउटै हुँदो रहेछ जस्तो लाग्यो।

आखिर छोरीहरू आमाकोमा नगएपछि आमा नै भित्र आइन्।

कान्छीले भनिन् ‘हामी दुवै एकछिन खेल्छौ बरू तपाईं हाम्रो छिमेकीसँग परिचय अनि कुरा गर्नुस्।’

हामी दुवै एकअर्कालाई हेरेर अवाक् भयौ। अनि त्यहीँ दिन थियो चार वर्षको दौरानमा म र छिमेकीबीच एकअर्कासँग राम्ररी कुरा भएको।

उनले मेरो घरमा आएको पाहुना, चाडपर्व मनाएको अनि साथीहरुसँग पार्टी भइरहेको सबै याद गरेकी रहिछन्। अनि छोरीहरू त्यतिखेर छिमेकीले हामीलाई किन नबोलाएको भनेर पनि सोध्दारहेछन् अनि उनीहरू आफ्नो चाडपर्व, पार्टीमा पनि छिमेकीलाई बोलाउनू भनेर जिद्दी पनि गर्दा रहेछन्।

तर उनीहरुलाई हामीले त्यति सहज महशुस गर्दैन होला भन्ने परेको रहेछ। अनि मलाई पनि त्यस्तै लाग्थ्यो अर्कै देश, संस्कार र संस्कृति बोकेका उनीहरू हाम्रो खाना र सेलिब्रसनमा फेरि बोर मान्यो भने। हामी दुवैले एकअर्काप्रति आ आफ्नो धारणा बनाएर नै एकअर्काको दुःख त परै जाओस् खुसीमा पनि सामेल गरेनौं।

यहीँ सिलसिलामा मैले यो कुरा पनि निकाले कि, जब उनीहरु त्यो घरमा आएका थिए त्यतिखेर उनीलाई मैले एक छोरी सहितको गर्भवती महिलाको रूपमा देखेको थिएँ।

त्यसको एक महिनापछि सानो छोरी जन्मेर उनीहरुको घरमा पार्टी गरेको पनि मैले ख्याल गरेको सुनाएँ। त्यतिखेर गएर बधाई दिन मन लागे पनि राम्रोसँग नबोल्दा र चिनजान नहुँदा अप्ठ्यारो लागेर बधाई दिन नपाएको  कुरा पनि भन्न भ्याएँ।

उनले उत्तीनै खेर चार वर्ष अगाडिको बधाई अहिले दिँदा पनि भयो नि भनेर हाँसो गरिन्। अनि उनले गत साल तीन महिना जति तिमी घरमा थिएनौं अन्तै घर सर्‍यौ कि भनेर पनि लागेको कुरा गरिन्। त्यतिखेर म नेपाल गएको कुरा उनलाई सुनाएँ। एकअर्कासँग नबोले पनि एकअर्काको ख्याल हामीले गरिरहेको हामी दुवैलाई महशुस भयो।

खेलिरहेको ती बालिकाहरुलाई हेर्दै हामीले उनीहरुलाई धन्यवाद पनि दियौं। यदि उनीहरू ‘हेलो छिमेकी’ भनेर बोलाउन नआएको भए त्यो आँगनबाट यो आँगनको दूरी सात समुन्द्र भन्दा पनि अझ लम्बिन्थ्यो होला।

यसरी यस्तै यस्तै विषयमा करिब पन्ध्र मिनेट कुरा भएपछि बल्ल उनी अलि ढुक्क भईन्। बेलाबेलामा हेलो छिमेकी भन्दै बोल्ने छोरीहरुको छिमेकी खतरामुक्त भएको सायद उनले महशुस गरिन् होला।

एकछिन अगाडि छोरीहरु यहाँ आउँदा असुरक्षित महसुस गर्दै दौडिदै ढोका ढकढकाएको उनी हाम्रो यो संवाद र चीनजानपछि छोरीहरु सुरक्षित भएको उनले महशुस गरिन्। यसले पनि देखाउँछ जीवनमा एकअर्काको विश्वास जित्न एकअर्कामा एउटा स्वास्थ्य र आत्मीय कुराकानी हुन जरूरी छ।

खेल्दा खेल्दै उनीहरू हाइ काँढ्न थाले। तिमीहरूको सुत्ने समय भयो फेरि अर्को दिन आउँला भनेर उनी छोरीहरूलाई लिएर गइन्।

टाउकोमा टोपी लगाउँदै हातमा खेलौना र चकलेटहरू बोक्दै उनीहरू पनि गुडनाइट छिमेकी भन्दै गए।

उनीहरू गएको हेर्दै गर्दा मनमा ख्याल आयो ‘हैट्! जीवनमा यत्ति धेरै व्यस्त पनि हुनु हुँदैन रहेछ, कि मर्दा पर्दाको छिमेकी नै नचिनोस्।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १४:४१
सिफारिस
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
चितवन-३ मा मतगणना सुरू हुँदै
चितवन-३ मा मतगणना सुरू हुँदै
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे
सुरू भयो काठमाडौं-७ को मतगणना
सुरू भयो काठमाडौं-७ को मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं ९ मा आजै मतगणना सुरू हुने
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
काठमाडौं क्षेत्र नम्बर १ मा आज राति नै मतगणना सुरू हुने
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ग्लोबल

ग्रानभिल पार्कमा होली मेला
मेलबर्नमा नेपाली क्लबहरुको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हुँदै
अस्ट्रेलियाको संसदले गर्‍यो एनआरएनए अस्ट्रेलियाको योगदानको औपचारिक सम्मान
२५ वर्षीया सृष्टि अस्ट्रेलियामा हाँकिरहेकी छन् आफ्नै कम्पनी
अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना
हार्डवेयर व्यापारीदेखि अटो उद्यमीसम्म अमिर आचार्यको अस्ट्रेलियामा उडान
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP