अस्ट्रेलियाको मेलबर्नमा १५ औं कँडेल कन्सल्ट्यान्सी कप फुटबल प्रतियोगिता हुने भएको छ।
डार्विन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा यही मार्च ७ र ८ तारिख हुने खेलमा अस्ट्रेलियाभरिका १६ वटा टिमले सहभागिता जनाउने आयोजक यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्माले बताए।
यो अस्ट्रेलियामा नेपाली क्लबहरुको सबैभन्दा ठूलो प्रतियोगिता हो। प्रतियोगितामा २२ हजार अस्ट्रेलियन डलर पुरस्कार राखिएको छ।
जसमा विजेता टिमले १२ हजार र उपविजेता टिमले ४ हजार ५०० डलर पाउनेछन्। प्रतियोगिताको आइतबार मेलबर्नमा एक कार्यक्रम गरी औपचारिक रुपमा समूह विभाजन गरिएको छ।
समूह ए मा होमबस राइनो एफसी सिड्नी, खुकुरी एफसी क्यानबेरा, नेपवर्न एफसी र यति फुटबल क्लब रेड रहेका छन्।
समूह बी मा भने सिद्धकाली एफसी एडिलेड, युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन्।
समूहमा सीमा एभरेष्ट युनाइटेड एफसी, रोयल वेस्टर्न क्लब, एनपिएफसी र चन्द्रसूर्य क्लब रिका छन् भने समूह डीमा यति एफसी ब्लु, जगजीत एकेडेमी एडिलेड, द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब सिड्नी छन्।
समूह विभाजन गर्दै मुख्य आयोजक कँडेल कन्सल्ट्यान्सी एजुकेसन तथा माइग्रेसनका राज कँडेलले अष्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली क्लबहरुको प्रतियोगितामा सहभागिता जनाउन पाउँदा खुसी भएको बताए।