बग्नु तिम्रो प्रवाहसँग
निथ्रुक्क भिज्नु
डुबुल्की लाउनु तिमिभित्र
अथवा पर्खिनु किनारमा
तिम्रा छालहरूको स्पर्श
तिमीबाट उडेर आउने बाष्प,
भिज्नु \उड्नु वाष्पसँग
माथि माथि........।
लजाउनु
काउकुती लाग्नु
तिम्रो स्पर्शले,
उचालिनु छालसँग
अस्थिर र उग्र हुनु
डराउनु,
रम्नु, सन्तुष्ट हुनु
भिज्नु निथ्रुक्क पसिनाले
र
खस्नु
स्खलित हुनु,
बग्नु शान्त फेरी
अर्को छालसम्म ।
भरिनु खाल्टो जस्तै
तृप्त हुन,
रम्नु
मन्त्रमुग्ध हुनु
तिम्रो सुसाइमा
बग्नु तिमीसँगै
जीवनभरि
पाई रहन
तिम्रो प्रेम !
फेब्रुअरी १३, २०१८
टिमिन्स, क्यानडा