शहरभरी
पर्चा टाँसिएको थियो
मूर्ख दिवसको
मिति
समय
र
स्थान...
सबै लेखिएको थियो।
समूह समूहमा
ठाउँ ठाउँबाट
आए मान्छेहरू
बिल्ला लाएर
गुरूहरू
चेलाहरू
नेताहरू
कार्यकर्ताहरू
र
सबै सबै
उपस्थित थिए दिवस मनाउँन।
हेरिरहे मूर्खहरु सबैले
जात्रा थियो
उत्सव थियो मूर्खहरुको
अरु नामूद मूर्खहरु
प्रख्यात मूर्खहरु
नाटक खेलिरहेका थिए
र
सज्जन मूर्खहरुले
हेरिरहेका ।
रङ्ग थियो
बिचार थियो
हुनुपर्ने सबै थियो सायद
हेर्ने आँखा बाहेक;
जीवन थियो
सपना थियो
रहर थियो !
उद्घोषकले बधाई दिए
सबै मूर्खहरुलाई
हेरेर मुस्काए सबैजना
देखेर मूर्खहरु
झुण्ड झुण्डमा;
सभा मूर्खहरुको !
मार्च ३१, २०१८