सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गर्ने घोषणा गरेको छ।
युरोपमा सक्रिय रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गर्न लागेको हो।
सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिन लागिएको नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले जनाएको छ।
