गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ।
एनआरएनएको उक्त सम्मेलन फागुन २९ देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको उल्लेख छ।
यस्तो छ गठित आयोजक समितिः
अध्यक्ष
परराष्ट्र मन्त्री
सदस्यहरू
सदस्य, राष्ट्रिय योजना आयोग
सचिव, परराष्ट्र मन्त्रालय
सचिव, अर्थ मन्त्रालय
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा
सह–सचिव, आर्थिक कूटनीति महाशाखा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अध्यक्ष, नेपाल उद्योग परिषद्
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
अध्यक्ष, गैर आवासीय नेपाली संघ (अध्यक्षद्वय)
प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ