गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्।
गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष रहेकी प्रधानले संघको मार्चमा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
सन् २००७ देखि एनआरएनए अभियानमा जोडिएकी प्रधानले संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात गर्दै,आफु सँधै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिने बताइन्।
‘अब मेरो दृढ संकल्प यही हो कि संघलाई अझ सशक्त, एकीकृत र उच्चतम स्तरमा पुर्याउने काम निरन्तरता पाइयोस्। यसै दृढता र प्रतिबद्धतासहित, म १२ औं महाधिवेशनमा खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै छु,’ उनले भनिन, 'यो कदम व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, संस्थाको दीर्घकालीन हित र समृद्धि प्रति मेरो प्रतिबद्धता हो।'
उनले एनआरएनए यात्रा साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीक रहेको समेत बताइन्।