एनआरएनएका उम्मेदवार रोबिन शेरचनले अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्ने भएका छन्।
१२ औं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवार बनेका शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका हुन्।
सहमतिमै नेतृत्व चयन गर्नको लागि शेरचनको उमेदवारी फिर्ता हुने एनआरएनए अध्यक्ष महेश श्रेष्ठले सेतोपाटीलाई बताए।
‘अहिले रोबिनजीले हेमजीलाई समर्थन गर्ने सहमति भएको छ। रोबिनजी उपाध्यक्षमा बस्नुहुन्छ,’ उनले भने, ‘कमिटीको अनुभवी र वरिष्ठ भएकाले रोबिनजीको व्यवस्थापन सही ठाउँमा हुन्छ।’
हेमराज र रोबिन दुवै जना अहिलेको कमिटीमा उपाध्यक्ष छन्।
अध्यक्ष पदका लागि रोबिन र हेमराजसँगै रबिन बज्रचार्यले पनि उम्मेदवारी दिएका छन्।