गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला संयोजकमा प्रसुना कॅंडेलले उम्मेदवारी दिएकी छन्।
एनआरएनए १२ औं महाधिवेशनमा कॅंडेलले महिला संयोजकका लागि उम्मेदवारी दिएकी हुन्।
बेलायतमा बस्ने कॅंडेल अहिले एनआरएनए युरोप महिला संयोजक छिन्।
विदेशमा रहेका महिलाका मुद्दाहरूमा आवाज उठाउने र एनआरएनए भित्र महिला सहभागिता र प्रतिनिधित्व मजभुत बनाउन आफूले उमेदवारी दिएको बताइन्।
‘विदेशमा पनि महिलाका धेरै समस्या छन्। महिला सशक्तिकरण,नेतृत्व लगायतमा हामी बोल्नु पर्ने छ,’ उनले भनिन्, 'रोजगारीका लागि विदेशीएका महिलाका छुट्टै समस्या छन्। घरेलु हिंसा,मानसिक समस्याको विषयमा आवाज उठाउनु पर्नेछ।’
विदेशमा रहेका महिलालाई उद्धमशीलतामा अघि बढाउन सहयोगी भूमिका खेल्ने,दोस्रो पुस्ताका छोरीहरुलाई नेपालबारे बुझाउने लगायतका एजेण्डा आफूले लिएको उनले बताइन्। महिला सुरक्षा,समानता लगायतका एजेण्डाहरु आफूले अघि सारेको उनको भनाइ छ।
२० वर्ष अघि बेलायत गएकी कॅंडेल लन्डन नर्थ वेस्ट (एनएएचएस) ट्रस्टमा र्यापिड टिममा रहेर काम गरेकी तथा नर्सिङ लेक्चरर छिन्।