गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मा निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा उम्मेदवारी दिएका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाले शर्मा निर्विरोध चयन भएका हुन्।
अध्यक्षका लागि शर्मासॅंगै रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए।
उनीहरू दुवै जनाले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा निर्विरोध भएका हुन्। यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ।
एनआरएनएको कार्यसमितिका सबै पदमा सहमति जुटेको निर्वाचन आयुक्त टिबी कार्कीले बताए।
'हामीले बृहत एकता खोजेर सबै पदमा सहमति गरेका छौं। यसको सबै जानकारी भोलि दिन्छौं,' उनले भने, 'सोमबार ५ बजे प्रधानमन्त्रीले कार्यक्रम समापन गर्नुहुन्छ। भोलि नै शपथ हुन्छ।'