नेपाली बजारमा महिन्द्राको नयाँ एसयुभी सार्वजनिक भएको छ। नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रा.लिले सोमबार एक्सयुभी-७०० सार्वजनिक गरेको हो। कम्पनीले उक्त एसयुभीको सुरुआती बजार मूल्य ७४ लाख तोकेको छ।
महिन्द्रा-७०० परिष्कृत डिजाइनमा तयार पारिएको छ। कम्पनीले यस गाडीले उत्साहजन प्रदर्शन गर्ने विश्वास राखेको छ। साथै, विश्वस्तरीय सुरक्षा विश्वस्तरीय सुरक्षा र साइफाई प्रविधियुक्त, पृथक एक्सयुभी-७०० ले तोकिएका मानकहरूलाई पुनपरिभाषित गर्नेमा कम्पनी सकारात्मक छ।
एक्सयुभी-७०० ले ग्लोबल एनसिएपीको दुर्घटना परीक्षणमा वयस्कहरूका लागि ५-स्टार र बच्चाका लागि ४-स्टार रेटिङ पाएको छ।

नेपालमा एक्सयुभी-७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक विकल्पसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। एक्सयुभी-७०० भारतको सबैभन्दा प्रतिष्ठित ‘भारतीय कार अफ द इयर’ अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो।
एक्सयुभी-७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको छ। एसयुभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ।


यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि छ। कम्पनीले नेपाली बजारको लागि एक्सयुभी-७०० एएक्सथ्री, एएक्स फाइभ र एएक्स सेभेन (लक्जरी प्याक) सहित तीन भेरियन्ट सार्वजनिक गरेको हो।
महिन्द्राले ३० वर्ष भन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत एक्सयुभी-७०० सार्वजनिक गरेको हो।
एक्सयुभी-७०० ट्विन पिक्स ब्राण्डको एसयुभी सोरुमबाट उपलब्ध गराइनेछ। ग्राहकहरूको लागि कम्पनीले आजैबाट बुकिङ पनि खुला गरेको छ। कम्पनीका अनुसार सन् २०२३ को फेब्रुअरीदेखि यसले गाडी डेलिभरी पनि सुरू गर्नेछ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १९:२६:४१