निषेधाज्ञाका बाबजुत वाणिज्य बैंकहरुबाट कर्जा प्रवाह भने भइरहेको छ। पहिले नै स्वीकृत भइसकेको कर्जा अहिले झिकिँदा तथ्यांकमा कर्जा प्रवाह देखिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार जेठ मसान्तसम्म २७ वाणिज्य बैंकहरुबाट कुल ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरिसकेपछि अर्थात वैशाख १७ गतेदेखि जेठ ३१ गतेसम्म थप ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको एसोसिएसनको तथ्यांक छ।
वैशाख १७ गतेसम्म कुल ३५ खर्ब ९४ अर्ब कर्जा प्रवाह भएकोमा जेठ मसान्तसम्म आउँदा ३६ खर्ब ४६ अर्ब पुगेको छ। कोभिड– १९ को असरका वावजुत बैंकहरुको बिजनेस बढेपनि साँवा/ब्याज नियमित उठाउनुपर्ने चुनौति भने बढेको छ।
राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत नउठेको साँवा/ब्याज तिर्नका लागि ऋणीलाई समय थप गर्ने विश्वासमा बैंकहरु छन्। एक वर्षको अवधिमा निषेधाज्ञाका वावजुत सबै बैंकहरुको कर्जा प्रवाह बढेको छ। केही बैंकको भने मर्ज तथा एक्वीजिसनको प्रभावका कारण पनि कर्जा प्रवाह बढेको देखिएको हो।
गत वर्षको असारदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार बिजनेस विस्तारमा सिभिल बैंक सबैभन्दा अगाडि देखिएको छ।
सो बैंकको बिजनेस ५५ प्रतिशतले बढेको छ। एसबिआई बैंकको बिजनेस रफ्तार भने सवैभन्दा न्यून देखिन्छ। यस अवधिमा बैंकको बिजनेस जम्मा ९ प्रतिशतले मात्रै बढेको छ।
बैंक
|
०७७ असारसम्मको कर्जा
|
०७८ जेठसम्मको कर्जा
|
फरक प्रतिशत
|
कृषि विकास
|
१ खर्ब २३ अर्ब ३७ करोड
|
१ खर्ब ४७ अर्ब ४ करोड
|
१९
|
बिओके
|
८२ अर्ब ७ करोड
|
९८ अर्ब ७२ करोड
|
२०
|
सेन्चुरी
|
६१ अर्ब ११ करोड
|
७८ अर्ब ८७ करोड
|
२९
|
सिटिजन
|
८१ अर्ब २५ करोड
|
१ खर्ब १५ अर्ब ७ करोड
|
४१
|
सिभिल
|
५३ अर्ब ८३ करोड
|
८३ अर्ब ६० करोड
|
५५
|
एभरेष्ट
|
१ खर्ब १८ अर्ब ७१ करोड
|
१ खर्ब ३१ अर्ब ७५ करोड
|
१०
|
ग्लोबल आइएमई
|
१ खर्ब ९९ अर्ब ९९ करोड
|
२ खर्ब ४२ अर्ब ३७ करोड
|
२१
|
हिमालयन
|
१ खर्ब ७ अर्ब ८९ करोड
|
१ खर्ब ३० अर्ब ३७ करोड
|
२०
|
कुमारी
|
१ खर्ब १५ अर्ब १४ करोड
|
१ खर्ब ३८ अर्ब ६७ करोड
|
२०
|
लक्ष्मी
|
९० अर्ब ९० करोड
|
१ खर्ब ७ अर्ब १० करोड
|
१७
|
माछापुच्छ्रे
|
९४ अर्ब ५३ करोड
|
१ खर्ब १८ अर्ब ११ करोड
|
२४
|
मेगा
|
१ खर्ब १३ अर्ब ९२ करोड
|
१ खर्ब ३८ अर्ब
|
२१
|
नबिल
|
१ खर्ब ५३ अर्ब १ करोड
|
१ खर्ब ९७ अर्ब ८५ करोड
|
२९
|
नेपाल बंगलादेश
|
६१ अर्ब ३७ करोड
|
६८ अर्ब ६८ करोड
|
११
|
नेपाल बैंक
|
१ खर्ब ७ अर्ब ८१ करोड
|
१ खर्ब ३८ अर्ब ५२ करोड
|
२८
|
एनसिसी
|
६९ अर्ब ३५ करोड
|
९४ अर्ब १० करोड
|
३५
|
इन्भेष्टमेन्ट
|
१ खर्ब ४४ अर्ब ५८ करोड
|
१ खर्ब ७० अर्ब ५० करोड
|
१८
|
एनआइसी एसिया
|
१ खर्ब ७३ अर्ब ७४ करोड
|
२ खर्ब ६६ अर्ब ७६ करोड
|
५३
|
एनएमबि
|
१ खर्ब २१ अर्ब ७७ करोड
|
१ खर्ब ५८ अर्ब ७८ करोड
|
३०
|
एसबिआई
|
९४ अर्ब ३१ करोड
|
१ खर्ब ३ अर्ब २३ करोड
|
९
|
प्रभु
|
१ खर्ब ३ अर्ब १० करोड
|
१ खर्ब ४२ अर्ब ८१ करोड
|
३८
|
प्राइम
|
१ खर्ब १४ अर्ब ९५ करोड
|
१ खर्ब ३७ अर्ब १५ करोड
|
१९
|
राष्ट्रिय वाणिज्य
|
१ खर्ब ५६ अर्ब ४८ करोड
|
१ खर्ब ८६ अर्ब १७ करोड
|
१८
|
सानिमा
|
९३ अर्ब २९ करोड
|
१ खर्ब २२ अर्ब १६ करोड
|
३०
|
सिद्धार्थ
|
१ खर्ब २७ अर्ब ४९ करोड
|
१ खर्ब ६३ अर्ब ५५ करोड
|
२७
|
स्टान्डर्ड चार्टर्ड
|
५७ अर्ब ५२ करोड
|
६७ अर्ब ६ करोड
|
१६
|
सनराइज
|
८३ अर्ब ८३ करोड
|
९९ अर्ब ३६ करोड
|
१८
|