नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहकाे अधिवेशनकाे कार्यतालिका परिवर्तन गरेकाे छ।
समितिका अनुसार गाउँ र वडा नगर अधिवेशन आगामी असोज ५ गते हुने भएको छ। यो बाँकी रहेका २० जिल्लाको हकमा लागु हुनेछ।
त्यस्तै, गाउँ नगरपालिका अधिवेशन असोज ९ गते हुने भएको छ। यसअघि भदौ २७ मा हुने भनेकोमा अब असोज ९ मा अधिवेशन हुने भएको हो।
यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुने भएको छ।