त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ।
अनेरास्ववियुले तालाबन्दी गरेका कारण स्ववियु चुनाव हुन नसकेको नेविसंघको आरोप छ।
स्ववियु चुनाव गराउन नसके निर्वाचन अधिकृत, क्याम्पस प्रमुखलगायतले राजीनामा दिनुपर्ने भन्दै आज नेविसंघले प्रदर्शन गरेको त्रिचन्द्र क्याम्पसका नेविसंघ नेता विवेक बानियाँले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, १९:१८:००