कालीमाटी बजारमा लोकल गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा गाजर तराइ र लोकल गरी दुई प्रकारको आउँछ।
बुधबार लोकल गाजर प्रतिकिलो थोक मूल्य ४० देखि ६० रूपैयाँ छ भने तराइ गाजर १५ देखि २५ रूपैयाँमा बिक्री भइरहेको छ।
एक साताअघिको तुलनामा लोकल गाजर प्रतिकिलो १० देखि २० रूपैयाँ बढी हो।
एक साताअघि लोकल गाजर प्रतिथोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भइरहेको थियो।
तराइ गाजरको मूल्य भने स्थिर छ। तराई गाजर बजारमा प्रतिकिलो थोक मूल्य १५ देखि २५ रूपैयाँ छ।
आपूर्तिका आधारमा गाजरको मूल्य घटबढ हुने गरेको छ।
गाजर स्वाथ्यका लागि लाभदायक मानिन्छ।
यसमा भिटामिन ए, बी, सी, डी, ई र के पाइन्छ।
काँचो गाजर खानाले महिनावारीमा हुने दुखाई पनि कम गर्छ। यसको सेवनले रतन्धो हुनबाट बचाउँछ।