बजारमा स्याउको मूल्य बढेको छ।
माग अनुसार स्याउको आपूर्ति नभएकाले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
'स्याउ सकिन लाग्यो त्यही भएर मूल्य बढेको हो,' उनले भने।
उनका अनुसार बजारमा स्याउको मूल्य बढ्न थालेको एक साता भयो।
एक साताअघि स्याउ प्रतिकिलो थोक मूल्य दुई सय तीसदेखि दुई सय ४० रूपैयाँसम्म थियो। अहिले स्याउ प्रतिकिलो थोक मूल्य दुई सय ६० देखि तीन सय रूपैयाँसम्म कारोबार भइरहेको छ।
स्याउको मुख्य सिजन भदौदेखि कात्तिकसम्म हो। त्यसपछि स्टोर गरिएका स्याउ बजारमा आउँछ। अहिले बजारमा चिनियाँ स्याउ आइरहेको छ।
आगामी १५ दिनपछि स्याउको आपूर्ति अझै घट्ने उनले जानकारी दिए।
'१५ दिनपछि स्याउको आपूर्ति अझै घट्छ। त्यसपछि लिचीको सिजन सुरू हुने भएकाले स्याउको माग पनि घट्छ,' उनले भने।
उनका अनुसार अब केही सातापछि बजारमा लिची आउन थाल्नेछ। लिची र आँप आउन थालेपछि स्याउको माग घट्छ।
'स्याउ बाह्रै महिना पाइन्छ। लिची र आँप भनेको सिजनमा मात्रै पाइने हो,' उनले भने, 'ग्राहकले सिजलको फलफूल खाने खोज्छन्।'