बजारमा गोलभेँडाको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकल यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो, तराइ सानो र टनेल गरी पाँच प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
बिहीबार कालीमाटी बजारमा गोलभेँडा भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, भारतीय सानो गोलभेँडा ४० देखि ४५, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेल गोलभेँडा ५५ देखि ६० र तराई गोलभेँडा ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबारको तुलनामा बिहीबार गोलभेँडा प्रतिकिलो थोक मूल्य ३० रूपैयाँसम्मले घटेको देखिन्छ।
बुधबार कालीमाटी बजारमा भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, तराई सानो र स्थानीय लोकल सानो गोलभेँडा ७५ देखि ८५ र भारतीय सानो गोलभेँडा ५५ देखि ६५ र टनेल गोलभेँडा ८० देखि ९० रूपैयाँमा कारोबार भइरहेको थियो।