बजारमा निगुरोको मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले यस्तो देखाएको हाे। दुई/तीन दिनदेखि कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको कालीमाटी बजारको तथ्यांकले देखाउँछ।
एक साताअघि कालीमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य ३० देखि ५४ रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, २५/२० दिनअघि भने कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा निगुरोको मूल्य घटबढ हुन्छ।
निगुरोको मुख्य सिजन भएकाले अहिले सस्तिएको छ। बजारमा निगुरो चैतको सुरूआतदेखि नै आउन थालेको हो।
सुरूआति दिनमा निगुरो प्रतिकिलो ६० देखि ७० रूपैयाँ किलोसम्म थियो।
हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायत धादिङ, काभ्रे लगायतका क्षेत्रबाट आइहरेको छ।