बजारमा कुरिलोको मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी तरकारी बजारमा आइतबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहको छ।
कालीमाटीको तथ्यांक अुनसार एक सातादेखि कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
एक साता अघि अर्थात् गत आइतबार पनि कुरिलो सोही मूल्यमा कारोबार भइरहेको थियो।
कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ। कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।
कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।