बजारमा गोलभेँडाको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकल यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो, तराइ सानो र टनेल गरी पाँच प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
शुक्रबार कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिथोक मूल्य ३५ देखि ४०, भारतीय सानो गोलभेँडा ४० देखि ५०, लोकल सानो गोलभेँडा ३५ देखि ५०, टनेल गोलभेँडा ४५ देखि ५५ र तराई गोलभेँडा ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको छ।
यो एक साताअघिको तुलनामा प्रतिकिलो थोक पाँचदेखि ३५ रूपैयाँसम्म न्यून हो।
एक साताअघि कालीमाटी बजारमा भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, भारतीय सानो गोलभेँडा ४० देखि ४५, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेल गोलभेँडा ५५ देखि ६० र तराइ गोलभेँडा ५० देखि ६० रूपैयाँमा कारोबार भइरहेको थियो।
अहिले बजारमा स्वदेशी ठूलो गोलभेँडा आउन थालेको छ भने तराइ गोलभेँडाको सिजन सकिएको छ।
बजारमा मागभन्दा आपूर्ति बढी भएकाले गोलभेँडाको मूल्य घटेको कालीमाटीका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
'अहिले स्वदेशी उत्पादन नि राम्रै छ। भारतबाट पनि आइरहेको छ,' उनले भने, 'त्यसैले मूल्य घटेको हो।'