बजारमा स्थानीय काउलीको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार आइतबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ७० देखि अधिकतम ९० रूपैयाँमा कारोबार भएको छ।
एक साताअघिको तुलनामा यो प्रतिकिलो ३० देखि ४० रूपैयाँ बढी हो।
एक साताअघि कालिमाटी बजारमा स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको थियो।
आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ।