बजारमा केराको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा सोमबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको छ।
एक साताअघिको तुलनामा यो प्रतिदर्जन दश रूपैयाँ सस्तो हो।
गत सोमबार कालीमाटी बजारमा केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ४० देखि अधिकतम एक सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा केराको मूल्य घटबढ हुन्छ। अहिले बजारमा मागभन्दा बढी केरा आपूर्ति भएकाले मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।
अहिले बजारमा जी–९ तथा मालभोग जातका केरा बजारमा आइरहेका छन्।
जी–९ को तुलनामा मालभोग केराको कोसा सानो हुने भएकाले मूल्य सस्तो समेत हुन्छ।