नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी भदौ ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको भव्य प्रदर्शनीको १८औं संस्करण 'एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६' आयोजना गरिने भएको छ।
उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेसन खुल्ला गरिएको थियो।
आज (आइतबार) नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू एवं सम्पूर्ण सहभागी कम्पनीहरूका प्रतिनिधीहरूको उपस्थितिमा उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरूलाई स्टल बाँडफाँट गरिएको छ।
गोलाप्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २ पांग्रे सवारी साधन, १७ वटा लाइट कमर्सियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरूलाई स्टल एलट्मेन्ट गरेको बताइएको छ।