सीजी मोटर्सले चितवनको भरतपुर बालमन्दिरमा मल्टी-ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।
नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन इलेक्ट्रिक सवारीसाधनको एकमात्र आधिकारिक बिक्रेता सीजी मोटर्सको उपत्यका बाहिर पनि नवीन विद्युतीय सवारीसाधनहरुको पहुँच विस्तार गर्ने प्रतिबद्धताअनुरुप नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।
चितवन अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीको प्रमुख उपस्थितिमा आउटलेट उद्घाटन गरिएको थियो।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी पनि उपस्थित थिए।
उनले उपत्यका बाहिर पनि विद्युतीय सवारीसाधनहरुको विस्तारमा योगदान पुर्याएकोमा कम्पनीको उक्त कार्यको प्रशंसा गरे।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवासहित सहज र व्यवस्थित ग्राहक सेवा प्रदान गर्नेछ।
कार्यक्रममा नबिल बैंक कस्टर हेड टोपप्रसाद अगस्तीले विद्युतीय सवारीसाधनको बढ्दो मागलाई ध्यानमा राख्दै यी सवारीसाधन खरिदमा नबिल बैंकले ग्राहकहरूलाई बैंकिङ कर्जामा समेत सुलभ र सहज सेवा प्रदान गर्ने आश्वासन दिए।
करिब १५० ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारीसाधन खरिदकर्ताहरूलाई सवारीसाधनको साँचो हस्तान्तरण गरिएको थियो।
सीजी मोटर्सले उपत्यका बाहिर पनि आफ्नो शाखा विस्तार जारी राख्ने जनाएको छ।
यसअघि पोखरामा मल्टीब्राण्ड आउटलेट सञ्चालनमा आइसकेको छ।