नेपाली बजारमा अहिले २ वटा इलेक्ट्रिक एसयुभी गाडी बिवाइडी एट्टो टु र नामी भिगोको कडा प्रतिस्पर्धा छ।
यी दुबै कार चीनमा बनाइएको हो। हेर्दा लगभग उत्रै देखिने यी कारहरूमा धेरै फिचर समानता छ।
मूल्यको हिसाबले भने बिवाइडीको एट्टो टु भिगोको तुलनामा हल्का महँगो छ।
बिवाइडीको एट्टो टु को मूल्य ४८ लाख ९९ हजार रूपैयाँ छ भने नामी भिगोको मूल्य ४३ लाख ९९ हजार रूपैयाँ छ।
बिवाइडीको एट्टो टु भन्दा कम मूल्य राखेर एमएडब्लु समूहले बिवाइडी नेपालमा भित्र्याएको साइमेक्स इन्कलाई टक्कर दिइरहेको छ।
साइजको हिसावले बिवाइडीको एट्टो टु ४३१० एमएम लम्बाइको छ भने भिगो ४३०६ एमएमको छ।
बिवाइडीको एट्टो टु मा ५१.१३ किलोवाट क्षमताको ब्याट्री प्याक छ भने भिगोमा ५२.८९ किलोवाटको ब्याट्री छ।
ग्राउण्ड क्लियरेन्स बिवाइडीको एट्टो टुको २०० एमएमको छ भने भिगोमा १९० एमएम छ। रेन्जको कुरा गर्नुपर्दा बिवाइडीको एट्टो टुले ३ सय ५४ किमि दिन्छ भने भिगोको ३ सय ५० किमी रेन्ज दिन्छ।
टायर थोरैले भिगोको ठूलो छ। बिवाइडीको एट्टो टुमा २१५.५५ इन्चको टायर छ भने भिगोमा २१५.६० इन्चको छ।
फिचरको हिसाबले यी दुइवटा गाडीहरूमा ९० प्रतिशतभन्दा बढी फिचर मिल्दाजुल्दा छन्।