जिडब्ल्युएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै 'जिडब्ल्युएम फेस्टिभ अफर–गो विथ मोर' योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत जिडब्ल्युएमका विद्युतीय एसयुभी ओरा ५ इभी र हाभल जोलियन म्याक्स इभी खरिद गर्ने ग्राहकले ३ लाख रूपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत जिडब्ल्युएम ओरा ५ इभी खरिदमा २ लाख रूपैयाँसम्म र हाभल जोलियन म्याक्स इभी खरिदमा ३ लाख रूपैयाँसम्मको लाभ उपलब्ध हुनेछ।
कम्पनीका अनुसार अफरमा निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज समावेश छन्।
त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन्।
जिडब्ल्युएमको ओरा ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल हो।
प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको ओरा ५ ले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीको भनाइ छ।
उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्स (टिएडिए) अन्तर्गत 'फ्यामिली कार' विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्डसमेत प्राप्त गरेको छ।
त्यस्तै, हाभल जोलियन म्याक्स इभीमा आधुनिक एसयुभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ।
यो मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
'गो विथ मोर'अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जिडब्ल्युएम नेपालले जनाएको छ।
कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो इभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको छ।
भीजी इम्पेक्स प्रालि जिडब्ल्युएमको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो।
कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।
ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, एक्सचेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन्।