नेपाल बङ्गलादेश बैंकले कर्मचारी संघको आयोजनामा आफ्नो २५ औं वार्षिकोत्सव रक्तदान गरेर मनाएको छ।
बैंकले नेपाल रेड क्रस सोसाईटिको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा कर्मचारी तथा ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरे।
रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।