कालिका लघुवित्त वित्तीय संस्थाले १२ प्रतिशत बराबरको बोनस शेयर प्रस्ताव गरेको छ।
संस्थाको शुक्रबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो।
गत आर्थिक वर्षको मुनाफा तथा अघिल्लो आर्थिक वर्षसम्मको सन्चित मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बराबर हुन आउने १ करोड २९ लाख ६० हजार रुपैयाँ बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.६३ प्रतिशत बराबर हुने ६ लाख ८२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यसका लागि राष्ट्र बैंकमा स्विकृतीका लागि पठाएको संस्थाले जनाएको छ।