बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत वीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) प्रदान गरेको छ।
बैंक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रा. डा. देव नारायण शाहलाई एक कार्यक्रमकाबीच पिपिई प्रदान गरिएको हो। जसअन्तर्गत बैंकले २०० थान पिपिई, २०० थान मास्क र २०० थान फेस सील्डहरु दिएको हो।
यी स्वास्थ्य सामाग्री यो महामारीको समयमा संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।