विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई बैंकले आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ।
कोभिड १९ को जोखिममा नगद रहित कारोबारलाई जोड दिँदै बैंकले यस्तो योजना ल्याएको विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
दशैंमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै बैंकले ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो।
विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ एप माछापुच्छ्रे मोवाइलमनिमार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।
क्यासव्याक प्राप्त गर्न ग्रांहकले पैसा ट्रान्सफर गर्दा प्राइम कोडमा 'DAKSHINA' लेख्नुु पर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुुनेछ बताइएको छ।
क्यासव्याक प्राप्त गर्न न्यूूनतम.२०० वा सोभन्दा वढिको दक्षिणा कारोबार गर्नुु पर्नेछ।