मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.२० प्रतिशतले घटेर २०४१.०६ बिन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २२१ वटा धितोपत्र तथा ऋणपत्रको ६४ लाख ६ हजार ७३८ कित्ता सेयरको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
सोमबार ५५.८८ अंकले बढेको बजार मंगलबार भने पुनः घटेको छ। नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।
मंगलबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर अन्तिम मूल्य १८७ रुपैयाँ कायम भएको छ। त्यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशतले बढेर अन्तिम मूल्य १ हजार ६७६ रुपैयाँ पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनिलिभर नेपाल र दोर्दी खोला जलविद्युत कम्पनी रहेको छ। युनिलिभर नेपालको सेयर मूल्य ५.६२ र दोर्दी खोला जलविद्युतको मूल्य ५.५१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य क्रमशः १८ हजार १९१ र ३६० रुपैयाँमा झरेको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६७३ रुपैयाँमा ८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.१८ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक २.६८ प्रतिशत र वित्त समूहको परिसूचक २.६२ प्रतिशतले घटेको छ।
त्यसैगरी, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन लघुवित्त र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको हो।