साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
बजेट पछिको कारोबार दिन अर्थात् मंगलबार ५३.१६ अंक र बुधबार ३८.८३ अंक गरी दुई दिनमा ९१.९९ अंकले घटेको सेयर बजार बिहीबार भने १६.५४ अंकले बढेको छ।
यस दिन नेप्से ०.८९ प्रतिशतले बढेर १८६६.३४ बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७२ वटा धितोपत्रको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८६ रुपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य ६.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०२ रुपैयाँ ९० पैसा पुगेको छ।
यसैगरी, सनराइज फोकस्ड इक्युटी फण्डको इकाइ मूल्य सर्वाधिक ६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८३ पैसामा झरेको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ५.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८९२ रुपैयाँमा सीमित भएको छ।
बिहीबार प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०२ रुपैयाँमा २३ करोड २१ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४५८ रुपैयाँमा ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले बढेको छ।