लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।