आन्दोलनरत सेयर लगानीकर्ताहरू र अर्थमन्त्रालयबीच सहमति भएको छ।
अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जारी गरेको पत्रमा प्राकृतिक व्यक्तिको लागि हाल लिइएको पुँजीगत लाभकर नै अन्तिम लाभकर भएको स्पष्ट पारेको छ।
पत्रमा भनिएको छ, 'प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ।'
पत्रमा थप भनिएको छ, 'त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।'
पुँजीगत लाभकर नै अन्तिम हुनुपर्छ भन्दै लगानीकर्ताहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका थिए।
