मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ।
पहिलो योजना अनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ। यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत् २०० रूपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत् २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन्।
यो योजना पुस १९ गतेदेखि २५ गतेसम्म लागू हुने बैंकले बताएको छ।
दोस्रो बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित योजना सार्वजनिक गरेको छ।
यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत् हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरूले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।
पहिलेदेखि बिल भुक्तानी गरिरहेका ग्राहकहरूले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको बिल अन्तर्गत १ जना र इन्टरनेट बिल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्रमार्फत् ५ महिनासम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रूपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।
तेस्रो योजना अनुसार बैंकको क्युआर मर्चेन्ट भई कुनै पनि कारोबार क्युआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक–पटक गरी ५०० रूपैयाँसम्मको कारोबार रकम क्युआरमार्फत् प्राप्त गरेमा वा लिएमा त्यस ग्राहकमध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन्।
यो योजना पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि लागू हुनेछ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।