माछापुच्छ्रे बैंकले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।
बैंकले स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो।
सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरूबीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्युआर, पिओएस, एनएफसी सेवाको महत्त्वबारे अवगत गराइएको थियो।
अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन्।