साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २६.३६ अंकले घटेको छ।
यसदिन नेप्से १.२८ प्रतिशतले घटेर २०२२.९२ विन्दुमा बन्द भएको छ।
आइतबारको बजारमा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रूपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रूपैयाँको सेयर कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज कारोबार रकममा ३४ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०४ वटा धितोपत्रको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ३ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
तेह्रथुम पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत र नेपाल वयर हाउजिङको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो।
यसैगरी, मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.६९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७१० रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ६.४९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१५ रूपैयाँ कायम भएको छ।
आइतबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९८ रूपैयाँ ८० पैसामा २८ करोड बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाथवे इन्भेष्टमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९५५ रूपैयाँमा १९ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ।