बीमा कम्पनीहरूले सेयर बजारमा सूचीकृत भएका कम्पनीहरूमा सो कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्।
यसअघि सेयर लगानी गरिने यस्ता कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने व्यवस्था थियो।
जीवन बीमक लगानी निर्देशन, निर्जीवन बीमकको लगानी निर्देशन र लघु जीवन बीमक लगानी निर्देशन र लघु निर्जीवन लगानी निर्देशनमा संशोधन गरेर यस्तो लगानी सीमा बढाइएको हो।
त्यस्तै, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत भएका प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा समेत आफ्नो कुल लगानीको १.५ प्रतिशत लगानी गर्न सक्ने भएका छन्।
एउटा फण्डमा भने बढीमा एक प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ।