मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ।
सोमबार डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आज युरो एकको खरिदमा १४५ रूपैयाँ २५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९० पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसाले सस्तो हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रूपैयाँ २१ पैसा पाइन्छ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ १३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५३ पैसा तोकिएको थियो।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४८ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ १८ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६७ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६५ पैसा तोकिएको छ।