नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २१ पैसा र बिक्रीमा ८९ रूपैयाँ २१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ २३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ५८ पैसा र बिक्रीमा २८ रूपैयाँ ७० पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५४ पैसा तोकिएको छ।