नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बारा जिल्ला सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
यो सँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरू भएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरे।
उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए।
उनले बैंकिङ सेवाको पहुँच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए।
बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरूलाई यस शाखामार्फत् बैंकले प्रभावकारी सेवा दिइने बताए। हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत् सुविधा दिँदै आएको छ।